अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१५ | Colorodo: 07:30

मस्तिष्क पक्ष घात सम्बन्धी जनचेतना मूलक गीत “नभन मेरो भाग्य “को विमोचन सम्पन्न

बिआरटीनेपाल २०७५ चैत १३ गते ११:४० मा प्रकाशित

बुधवार राजधानीमा मस्तिष्क पक्ष घात सम्बन्धी जनचेतना मूलक गीत “नभन मेरो भाग्य “को विमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि  परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले एक कार्यक्रमको बिच गीतको विमोचन गर्नु भएको हो । 

मस्तिष्क पक्ष घात समाज कि अध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्वमा सुरु भएको कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उप मेयर हरि प्रभा खड्गी श्रेष्ठ, अभिनेता सरोज खनाल लगायत अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रम संयोजन बुनु श्रेष्ठले गरेका हुन् । 

कार्यक्रममा प्रमुख अतिथि परराष्ट्र मन्त्री ज्ञवालीले मस्तिष्क पक्ष घात कुनै पूर्व जन्मको पाप वा गल्ती नभै मानवलाई आइपर्ने आकस्मिक अनपेक्षित घटना भएको र यो समस्यालाई हामी सबै मिलेर समाधान गर्नु पर्ने उल्लेख गरे । उहाँले सरकारले मस्तिष्क पक्ष घात पीडितका लागि सहयोग गर्न सदा तयार रहेको प्रतिबद्धता पनि व्यक्त गरे । कार्यक्रममा अभिनेता सरोज खनाल सन्देशमूलक गीतमा अभिनय गर्न पाएकोमा खुसी व्यक्त गर्दै संस्थाको उन्नति तथा प्रगतिको कामना गरे । 

काठमाडौँ महानगरपालिकाका उप मेयर हरि प्रभा खड्गी श्रेष्ठले स्थानीय निकायको अधिकारले भ्याएसम्म मस्तिष्क पक्ष घात पीडितलाई सहयोग गर्ने बताए । गायक शिव परियारले संस्थालाई नगद रू १०,००१ सहयोग गरेका छन् । समाजसेवी नरेन्द्र बहादुर श्रेष्ठले नगद रु २१,००० सहयोग गरेका थिए । संस्थाका अध्यक्ष उर्मिला श्रेष्ठले सबैको सहयोगको अपेक्षा गर्दै सबै सङ्ग हातेमालो गर्दै मस्तिष्क पक्ष घात पीडितको लागी सदा निस्स्वार्थ भावना ले काम गर्ने बताए । 

अहिलेका चर्चित गायक शिव परियारको स्वर तथा नरेश कुमार प्रधानको शब्द रहेको सार्वजनिक गीतमा रिदम कँडेलको सङ्गीत तथा एरेन्ज रहेको छ । गीतको रेकर्डिस्ट महेश्वरमान राज भण्डारी रहेका छन् भने गीतलाई साउन्ड मिल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतमा अभिनेता सरोज खनाल, सूर्य माला खनाल तथा बाल कलाकार श्रीवानी थापा र रुपेश लामाले अभिनय गरेका छन् ।

गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । बुद्ध थापाले छायाङ्कन गरेको यस गीतलाई विकास धमलाले सम्पादन गरेका हुन् । गीतलाई साउन्ड मिलको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू