अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०४ | Colorodo: 17:19

एनआरएन कोलोराडो च्याप्टरको लागि कडा प्रतिस्पर्धा हुने

बिआरटीनेपाल २०७५ चैत १२ गते २३:०० मा प्रकाशित

एनआरएनको चुनावी चहलपहल सँगै कोलोराडो च्याप्टरमा पनि चुनावी सरगर्मी बढेको छ । अहिले सम्म बिआरटी नेपाललाई जानकारी भए अनुसार वर्तमान कार्यकालको लागि एनआरएन कोलोराडो च्याप्टर कार्यसमितिका लागि ३ जना अध्यक्षको प्रत्यासी चुनावी मैदानमा उत्रिसकेको छन् भने प्रवासी नेपाली मञ्च कोलोराडो च्याप्टरले पनि प्यानल साहित चुनावी प्रतिस्पर्धा गर्ने जानकारी प्राप्त भएको छ ।

प्रवासी नेपाली मञ्च कोलोराडो च्याप्टरका अध्यक्ष श्याम श्रेष्ठले बिआरटी नेपाललाई यस कुराको जानकारी गराएता पनि समूहमा को को कुन पदको लागि आकाङ्क्षी छन् भन्ने कुराको चाहिँ निर्क्यौल भई नसकेको र सम्भवतः यही सोमबार सम्ममा यसको तय हुने समेत बताएका छन् । ३३३ जति सदस्यता भएको यो एनआरएन कोलोराडो च्याप्टरमा भएको यस प्रतिस्पर्धालाई कोलोराडोका मतदाताले अर्थपूर्ण रूपमा हेरेका छन् । 

प्रतिक्रिया