अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३७ | Colorodo: 19:52

चीनमा ‘२५०० वर्ष पुरानो’ सग्लो अन्डा भेटियो

बिआरटीनेपाल २०७५ चैत १२ गते ९:२४ मा प्रकाशित

चीनमा करिव २५०० वर्ष पुरानो सग्लो अढडा भेटिएको छ । पुरातत्वविद्हरुले चीनको जियाङ्सु प्रान्तमा एक पुरानो चिहानबाट सग्लो अन्डा भेटिएको जनाएका छन् । उत्खनन्का क्रममा अन्डाले भरिएको जारमा एउटामात्र अन्डा फुटेको अवस्थामा पाइएको थियो । नानजिङ म्युजियम इन्स्टिच्यूट अफ आर्कियोलोजीका अनुसन्धाताहरुले लियाङ सहरको शाङसिङस्थित एउटा विशाल चिहानमा उत्खनन् गर्दा ढक्कन लगाइएको माटोको भाँडोमा ती अन्डा फेलापरेको बताएका छन् । मानिसको हातले छुँदा अन्डा फुट्ने त्रासका कारण अन्डा गणना गर्न एक्सरेको प्रयोग गरिएको एकजना पुरातत्वविद् झाओ हेङमिङले बताउनुभयो ।

‘सेतो र पहेंलो अवस्थामा भेटिएका ती अन्डा सडेको अवस्थामा छन् । तर, नुनमा डुबाइएको थियो वा थिएन भन्नेबारेमा डीएनए परीक्षण गर्ने तयारी भइरहेको जनाईएको छ । अन्डाका शौखिन व्यक्तिको निधन भएपछि उनकै सम्झनामा भाँडोमा अन्डा राखेर सँगै गाडिएको हुनसक्ने अनुसन्धाताहरुको भनाइ छ । प्राचीन चिनियाँ चिहानहरुमा अन्डा भेटिएको यो पहिलोपटक भने होइन । तर, अन्डा नफुटेको अवस्थामा बिरलै पाइन्छ ।

वैज्ञानिकहरुका अनुसार यति लामो अवधिसम्म अन्डाको बाहिरी भाग सुरक्षित रहनु निकै कठिन हो । सन् २०१५ मा चीनको दक्षिण–पश्चिम गुइझाओ प्रान्तमा पुरातत्वविद्हरुले दुई हजार वर्षभन्दाअघिको चिहानमा पनि अन्डा फेलापारेका थिए । तर, उत्खनन्का क्रममा हातले छोएका कारण त्यस अन्डाको बाहिरी भाग फुटेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू