अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१७ | Colorodo: 00:32

बानामा सुबोध विलास पन्त अध्यक्षमा निर्वाचित

विजय थापा २०७५ चैत ११ गते १८:२१ मा प्रकाशित

शपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न

बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) मा औपचारिक रूपमा सुबोध विलास पन्तले अध्यक्ष पदको जिम्मेवारी लिएका छन् । उनी लगायत उनका नव निर्वाचित समितिले शपथ ग्रहण लिनुको साथै अघिल्लो समितिले पद हस्तान्तरण समेत गरेको छ । 

उक्त कार्यक्रमको सभापतित्व अनु श्रेष्ठ वन्तले गरेकी थिइन् भने उनले अन्तिम मन्तव्य राख्दै आफ्नो कार्यकालमा सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिइन । कार्यक्रमका प्रमुख अतिथि महावाणिज्य दूत प्रेम राजा महत रहेका थिए भने सबै विजयी पदाधिकारीहरूलाई बधाई दिएका थिए ।कार्यक्रममा महा वाणिज्य दूत महतले भवनको सहयोगार्थ पाँच हजार डलर तथा अनु श्रेष्ठ वन्तले दश हजार डलरको सहयोग गर्ने घोषणा गरेका छन् ।

उक्त शपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा सम्मान कार्यक्रममा पनि गरिएको थियो । जस मध्ये गिनिज वर्ल्ड रेकर्ड कीर्तिमानी उज्ज्वल ठकुरीलाई पनि सम्मान गरिएको थिए ।

अध्यक्षको मन्तव्यको क्रममा पन्तले निर्विरोध रूपमा विजयी गराउन सहयोग गर्ने सबैलाई विशेष धन्यवाद दिए । साथै आफूले गरेका प्रतिबद्धताहरू कार्यन्वयन गर्ने बचन बद्धता गरे । बानाको समुदायमा जुन छवि छ त्यसलाई ३ वर्षको कार्यकालमा अझ उच्च छ बिमा पुर्‍याउने अठोट गरे ।

बानाका सबै पदमा निर्विरोध भएको हो भने सबै वर्गलाई समेटिएको कार्यकारी समितिमा पुरुष तथा महिलाहरूको प्रतिनिधित्व रहेको छ । बाना नयाँ कार्यकारी समितिमा अध्यक्षमा सुबोध विलास पन्त, वरिष्ठ उपाध्यक्षमा हिरा लाल गुरुङ, उपाध्यक्षमा गणेश लामिछाने, महा सचिवमा किरण ढकाल, सचिवमा अरुण श्रेष्ठ तथा कोषाध्यक्षमा भीम बहादुर खत्री निर्वाचित भएका छन् ।

यसै गरी सदस्यता निर्देशकमा हिरा बहादुर खत्री तथा सूचना निर्देशकमा सुशान मानन्धर निर्वाचित भएका छन् । यसै गरी सदस्यहरूमा अनिल गोदार, सागर कुँवर, बलराम पौडेल, पार्वती सिंह(ऋचा) यमुना घिमिरे, आविष आर वन्त तथा ज्ञानेन्द्र गहतराज निर्वाचित भएका छन् । 

अध्यक्ष पन्त नेपालमा लम्जुङ्ग राईनास नगरपालिका घर भई हाल बाल्टिमोर मै बसोबास गर्ने अमेरिका प्रवेश गरेकै दिन बानाको साधारण सदस्यता लिएका थिए । २०१३-२०१५ को कार्यसमिति सदस्य, २०१५-२०१७ को सदस्य वृद्धि निर्देशक तथा २०१७-२०१९ का वरिष्ठ उपाध्यक्ष सुबोध पन्तले अन्तत्वगत्वा अध्यक्ष पदको नेतृत्व लिएका छन् । उनी माथि थप जिम्मेवार बढेको छ ।

सन् २००५ मा स्थापित बाल्टिमोरको छाता सङ्गठन (बाना) को रूपमा रहेको बानाले स्थापना काल पछि प्रजातान्त्रिक पद्धति अङ्गाल्दै निरन्तर प्रतिस्प्रद्धात्मक निर्वाचन झेल्दै आएता पनि १४ वर्ष पछि सबै पद निर्विरोध हुन् पुग्नुले अमेरिकाका सबै नेपाली समुदायलाई राम्रो सन्देश दिन सफल भएको छ ।

अमेरिका कै अत्यधिक सक्रिय सामाजिक संस्था मध्ये कै एक तथा आफ्नै सामुदायिक भवन समेत रहेको गैर मुनाफा सामाजिक संस्था बानामा यसरी जन घनत्व दिनहुँ दिन वृद्धि हुँदै गएता पनि निर्वाचनमा निर्विरोध हुन सक्नुले अझ यस संस्थाको छवि र गरिमा बढेको छ ।

संस्थाका संस्थापकहरू, मार्गदर्शक, संस्थाका मेरुदण्ड पूर्व अध्यक्षहरू, वर्तमान अध्यक्ष, पूर्व पदाधिकारीहरूले अभिभावककीय भूमिका निर्वाह गरे पछि यसरी निर्विरोधको प्रतिफल आएको हो ।

बानामा करिब ५ सय जति आजीवन सदस्य तथा करिब १ हजार मतदाताहरू रहेका छन् ।  

प्रतिक्रिया