अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२३ | Colorodo: 03:38

एनआरएन कोलोराडो च्याप्टरको आगामी कार्यकालको अध्यक्षको उम्मेदवार कुमार जङ्ग कार्कीका एजेन्डा र प्रतिबद्वताहरु

बिआरटीनेपाल २०७५ चैत १० गते १५:३१ मा प्रकाशित

एनआरएन कोलोराडो च्याप्टरको आगामी २ बर्से कार्यकाल (२०१९-२०२१) को लागि हाम्रो टिमको १५ बुँदे एजेन्डा र प्रतिबद्वता यस प्रकार हुनेछन् ।

“WE CARE WE DELIVER “
हामी उत्प्रेरणा, उत्साह अनि समावेशितामा विश्वास गर्छौ ।

“के तपाइहरू हाम्रो साथमा हुनुहुन्छ ?”
(i) EMPOWERING EACH OTHER

१. नेपाली सफल उद्यमी, व्यापारी अनि अरू विशेषज्ञता हासिल गरेका व्यक्तिहरूको अगुवाइमा Entrepreneurship कार्यशाला गर्ने ।
२. Millennials नयाँ पुस्तालाई सफल बनाउनको निमित्त विभिन्न विचार (Ideas) र आवश्यक टुल्सहरूक़ो मद्दतले प्रोत्साहन प्रदान गर्ने ।

३. साथै त्यो Millennials पुस्तालाई political entrepreneurs बन्नको लागि प्रोत्साहन र प्रवर्धन गर्ने ।
४. एनआरएन अमेरिका केन्द्रसँगको समन्वयमा त्यो प्लेटफर्मको प्रयोग गर्दै आर्थिक र मानवीय श्रोत ल्याई कोलोराडो नेपाली समुदायको हित र प्रगतिको लागि उपयोग गर्ने ।
५. हाम्रो समुदायमा आवश्यक सहयोग प्रदान गर्नको लागि Taskforce बनाउने ।

(ii) EXCITING ALL THE WAY:-
६. एनआरएन ग्लोबल संस्था भएकोले हामी कोलोराडोस्थित स्थानीय सङ्घ संस्थाहरूसँग प्रतिस्पर्धीको रूपमा होइन हातेमालो गरेर अगाडी बढ्नेछौ ।

७. हामी सबैको सपना रहेको अनि ३-४ दशकदेखिको अग्रजहरूको सपना , तपाईँ हाम्रो सपना एक नेपाली सामुदायिक केन्द्रको प्रोजेक्टलाई सबै स्थानीय नेपाली भाषी संघसंस्थाहरूक़ो अपनत्व बोध हुने गरी सफलीभूत पार्नको लागि समन्वयकारी भूमिका खेल्ने ; गतवर्षको महापुराणमा त्यो प्रोजेक्टको लागि हाम्रो च्याप्टरमार्फत उठेको रकम प्रतिज्ञा ( pledge ) गरेको समेत क़रीब ५५ हजार डलर पारदर्शी ढङ्गले उचित संयन्त्रबाट सङ्कलन गर्नेछौ । राज्य तह र सङ्घीय तहबाट Grant ल्याउन के कसरी सकिन्छ ; तेस्क़ो पहिचान गरी स्थानीय सङ्घसंस्था , बुद्वीजीवी र विशेषज्ञहरूको समेत परामर्श अनि सहयोगमा यस्क़ो लागि यथोचित पहल गर्ने ।

८. हाम्रा समुदायमा भएका साना समूहहरू जस्तोको सिस्टर ग्रुप जस्ता समूहहरूलाई अझ ठुलो र मज़बूत गर्नको लागि सकेको सहयोग, प्रवर्धन गर्दै समुदायको हितमा लाग्न अझ प्रोत्साहित गर्ने ।

९. अहिलेको Emergency fund लाई अझ ठुलो र पारदर्शी बनाउने; हेल्प डेस्कलाई अझ सबल बनाउने ।

१०. स्थानीय सङ्घसंस्थाहरू सँग मिलेर सांस्कृतिक, साहित्यिक, भाषिक सम्पदाहरूको जगेर्ना गर्ने; पहिले नै खुलेर सञ्चालनमा आएका र नयाँ खुल्ने नेपाली भाषा पाठशालाहरूको अत्यन्त प्रशंसनीय कार्यलाई सकेको सहयोग गर्ने ।

११. कोलोराडोमा आउनुहुने नयाँ दाजुभाइ दिदीबहिनीहरूलाई काम खोज्न र रेजुमे बनाउन आवश्यक परेमा मद्दत गर्ने ।

१२. गत वर्ष अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर गरीएकों सम्मान कार्यक्रम जसमा हाम्रा समाजका विभिन्न क्षेत्रमा विशेष योगदान दिएका सफल र प्रेरक महिलाहरूलाई साङ्केतिक रूपमा सम्मान गरिएको थियो; जस्क़ो प्रतिक्रिया राम्रो आएकोले त्यसलाई २-२ वर्षमा महिला दिवसको छेको पारेर निरन्तरता दिइनेछ ।

(iii) We are small if we don’t be included:-
१३. एनआरएनलाई बलियो बनाउनको लागि हाम्रो सबै मूलतः हाम्रा सदस्यहरू सँग नियमित सम्पर्क स्थापित गरी प्रतिक्रिया लिने दिने ।

१४. साथै हाम्रा निर्णयहरू, निर्णय प्रक्रियाहरू अनि गतिविधिहरूलाई पारदर्शी ढङ्गले बेलैमा हाम्रा सदस्यहरूमा सार्वजनिक गरेर जबाफदेही बन्नेछौ ।

१५. सबैमा हामी भूतपूर्व नेपाली होइनौ; “एकपटकको नेपाली, सधैँको नेपाली हौ” भन्ने एनआरएनको मूलभावलाई गौरव अनि अपनत्वको बोध गर्न प्रोत्साहित गर्ने । विभिन्न कारणवश हामी भूगोल बाहिर रहनु परे पनि भावनाले हामी नेपाल भित्र नै छौ, हाम्रो नेपाल आमासँगको अटुट अभिच्छिन्न यो राष्ट्रप्रेमलाई कसैले चाहेर पनि अलग गर्न सक्ने छैन भन्ने भावनालाई सशक्त पार्ने । नयाँ पुस्तालाई पनि नेपालसँगको सम्पर्क, आबद्वतालाई निरन्तर राख्नको लागि अनि प्रोत्साहित गर्नको लागि एनआरएनले पुलको रूपमा काम गर्ने ।

अन्त्यमा हामी युवाहरूको सक्रिय सहभागिता, अग्रजहरूको मार्ग निर्देशन अनि आशीर्वाद, समकालीनहरूको ऊर्जाशील परामर्श अनि संलग्नता सहित समष्टिमा विविधता बिचको समावेशी एकताका साथ टिमलाई पारदर्शी अनि समुदाय प्रति उत्तरदायी ढङ्गले अगाडी बढाउनेछौ । साथै सबैको उचित सहयोग, सल्लाह, सुझाव, प्रतिक्रियाको सहर्ष अपेक्षा राख्दछौ ।

जय एनआरएन !
धन्यवाद

भवदीय,
कुमार जङ्ग कार्की
(आगामी कार्यकालको अध्यक्षको उम्मेदवार ,
NRN कोलोराडो च्याप्टर )
हाल:- उपाध्यक्ष, एनआरएन कोलोराडो च्याप्टर
तथा
हेल्प डेस्क कोलोराडो च्याप्टर संस्थापक संयोजक

प्रतिक्रिया