अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०७ | Colorodo: 04:22

“दुई तिहाइको सरकारसँग ब्याक गियर छैन, विप्लव समूहलाई नियन्त्रण गरिन्छ” – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ चैत १० गते ११:३१ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीलाई सरकारले सुरक्षा कारबाही गर्ने बताउनुभएको छ । सरकार कारवाहकिो दिशामा अगाडि बढेको र त्यसबाट पछाडि हट्ने बाटो नरहेको उहाँको भनाई थियो ।

आइतबार प्रतिनिधिसभाको अधिवेशन समापन बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विप्लवलाई सम्झाउँदा सम्झाउँदा थाकेको भन्दै अब कारबाहीको बाटोमा अगाडि बढेको स्पष्ट पार्नुभयो । विप्लव समूहलाई धेरै पटक सरकारको तहबाट र व्यक्तिगत तहबाट सम्झाएको र त्यसले पनि पार नलागेपछि एवं विप्लव समूहले बम पड्काउने र विध्वंस मच्चाउने काम नछाडेपछि प्रतिबन्ध लगाउनुपरेको प्रधानमन्त्रीको भनाई थियो । उहाँले विप्लव समूहका बमले केहीको मृत्यु भएको, महिला र बालबालिका अङ्गभङ्ग भएको, निर्वाचनमा उम्मेदवार घाइते भएको लगायतका कुरा भएको र त्यसलाई निरन्तरता दिन नसकिने बताउनुभयो ।

प्रधानमन्त्रीले विप्लव समूहका विध्वंस बन्द गर भनेर निषेध गरिएको बताउनुभयो । विप्लवलाई प्रतिबन्ध लगाएकोमा सरकारको आलोचना भएकोप्रति प्रधानमन्त्रीले असन्तुष्टि जनाउनुभएको छ । प्रधानमन्त्रीले विप्लव समूहलाई उसका गतिविधिलाई नियन्त्रणमा लिनका लागि कानुन भएको सम्झाउनुभयो । दुई तिहाइको सरकारलाई विप्लवसँग कसरी व्यवहार गर्नुपर्छ भन्ने राम्ररी थाहा भएको प्रधानमन्त्रीको भनाई थियो । सरकार विकासको बाटोमा अगाडि बढेको दाबी गर्दै उहाँले देशमा अशान्तिको श्रृंखला जारी रहन्छ कि र जारी राख्न सकिन्छ कि भन्ने कसैले कल्पना नगरे हुने प्रस्ट पार्नुभयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू