अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२१ | Colorodo: 02:36

सङ्घीय संसद्को तेस्रो अधिवेशन सम्पन्न

बिआरटीनेपाल २०७५ चैत १० गते ११:२२ मा प्रकाशित

सङ्घीय संसद्को तेस्रो अधिवेशन आइतबार रातिबाट समाप्त हुँदैछ । आइतबारको प्रतिनिधिसभामा सभामुख कृष्णबहादुर महराले तेस्रो अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो ।

पुस ११ गते सुरु भएको यस अधिवेशन अन्तर्गत प्रतिनिधिसभातर्फ ३२ दिनमा ४६ वटा बैठक बसेका छन् । अधिवेशनमा २३ वटा सरकारी विधेयक दर्ता भएकोमा ८ वटा विधेयकहरू बैठकमा अझै प्रस्तुत हुन सकेका छ्रैनन् । ७ वटा विधेयक विषयगत समितिहरूमा विचाराधीन छन् ।

‘जीवनाशक विषादी व्यवस्थापन विधेयक, २०७५’ र ‘भू उपयोग विधेयक, २०७५’ माथि राष्ट्रियसभाबाट संशोधन सहित प्राप्त भएको जानकारी सभामा टेबुल भएको छ र अन्य ६ वटा विधेयकहरू सङ्घीय संसद्को दुवै सदनबाट पारित भैसकेको छ । साथै सभाको दोस्रो अधिवेशनबाट प्राप्त विभिन्न ७ वटा विधेयक मध्ये ४ वटा विधेयक दुवै सदनबाट पारित भइसकेका छन् । २ वटा विधेयक समितिमा विचाराधीन छन् ।

‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ माथि छलफल गरी २०७५ पुस १७ गतेको बैठकबाट स्वीकृत भएको थियो । अधिवेशनमा सडक सुरक्षा, स्वास्थ्य बिमा र छाउपडी विरुद्धका कानुन कार्यान्वनको माग गर्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएका छन् ।

यस अधिवेशनमा प्रधानन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम पनि सुरु भएको थियो । साथै विभिन्न मन्त्रालयका बारेमा सम्बन्धित मन्त्रीसँग सांसदहरूले प्रश्नोत्तर कार्यक्रममा सहभागी भएका थिए । त्यसै गरी यसअधिवेशनमा विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदन पेस भएका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू