अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४८ | Colorodo: 08:03

विप्लव समूहका नेता वलीसहित ९ जनाविरुद्ध चार मुद्दा दर्ता

बिआरटीनेपाल २०७५ चैत १० गते ९:४८ मा प्रकाशित

प्रतिबन्धित नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता हेमन्तप्रकाश वलीसहित ९ जनाविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता भएको छ । शुक्रबार पक्राउ परेका विप्लव नेतृत्वको नेकपाका तेस्रो वरियदाका नेता वलीसहित नौजनाविरुद्ध प्रहरीले आइतबार मुद्दा दर्ता गरेको हो। उनीहरूविरुद्ध चार मुद्दा लगाइएको छ ।

उनीहरूविरुद्ध हातहतियार तथा खरखजना, विस्फोटक पदार्थ, राज्य विरुद्धको अपराध र संगठित अपराधमा मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरिएको ललितपुर प्रहरीले जनाएको छ । उनीहरूलाई काभ्रेको खानीखोलाबाट महानगरीय अपराध महाशाखा, विशेष ब्युरो र जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले शुक्रबार राति पक्राउ गरेको थियो । पक्राउ पर्नेमा वलिसहित धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्का रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू