अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३९ | Colorodo: 04:54

कजाखस्तानमा राजधानीको नाम परिवर्तन, राखियो पूर्वराष्ट्रपतिको नाम

बिआरटीनेपाल २०७५ चैत १० गते ९:४५ मा प्रकाशित

कजाखस्तानले आफ्नो राजधानीको नाम ‘अस्ताना’लाई बदलेको छ । एक घोषणामार्फत राजधानीको नयाँ नाम नाम ‘नुर–सुल्तान’ राखिएको छ । ‘नुर–सुल्तान’ नाम कजाखस्तानमा तीन दशक शासन गरेका नेता नुर–सुल्तान नजरवाएभको सम्मानमा दिइएको सरकारले बताएको छ ।

सोभियत संघ विघटन भएपछि स्वतन्त्र भएको कजाखस्थानमा पहिलो राष्ट्रपति भएका नजरवाएभले तीस वर्ष जति पछि अघिल्लो हप्तामात्रै राजीनामा दिनुभएको थियो । शनिबार राजधानीको नाम बदल्ने निर्णयलाई नवनियुक्ति अन्तरिम राष्ट्रपति कस्सीम–जोमर्त तोकाएभले स्वीकृत गर्नुभएको हो ।

तोकायभले बुधबार राष्ट्रपतिको पदभार सम्हालेपछि नै राजधानीको नाम परिवर्तनको प्रस्ताव गर्नुभएको थियो । पूर्व–राष्ट्रपति नुरसुल्तान नजरवाएभले मंगलबार राजीनामा दिनुभएको थियो । नाम परिवर्तन प्रस्तावको विरोधमा अल्माटी र अन्य सहरहरुमा सानो विरोध भएको थियो । सन् १९९७ मा अल्माटीमा रहेको कजाखस्थानको राजधानी अल्माटी सारिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू