अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३२ | Colorodo: 10:47

मालीमा बन्दुकधारीको आक्रमणबाट १ सयभन्दा बढीको मृत्यु

बिआरटीनेपाल २०७५ चैत १० गते ९:२८ मा प्रकाशित

अफ्रिकी मुलुक मालीमा बन्दुकधारीको आक्रमणमा १ सयभन्दा बढीको मृत्यु भएको छ । मालीको मध्य क्षेत्रको ग्रामीण इलाकामा परम्परागत डोगोन शिकारीको पोशाकमा रहेका सशस्त्र आक्रमणकारीले गाउँलेमाथि अन्धाधुन्ध गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बन्दुकधारीले गाउँलाई घेराबन्दी गरेर मालीको मोप्ती क्षेत्रमा रहेको ओगोस्सागोउ गाउँका बासिन्दाको हत्या गरेको स्थानीय अधिकारीहरुलाई उदृत गर्दै अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
घटनामा फुलानी जनजाति समुदायका मानिसको ज्यान गएको हो । मालीमा जनजाति तथा विद्रोही गतिविधि बढ्दै गएका छन् । यो समस्या समाधानको उपाय खोज्न संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरु मालीमा पुगेका छन् ।

बन्दुकधारीले गोली तथा सानो आकारको तरबारले आक्रमण गरी गाउँलेको हत्या गरेको बताइएको छ । जमिन र पानीका स्रोतमा स्वामित्वको विषयलाई लिएर फुलानी सुमदाय र डोगोन शिकारी समुदायबीच विवाद रहँदै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू