अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०१ | Colorodo: 12:16

सरकार अमूर्त समृद्धि र औसत सुखमा विश्वास गर्दैन – प्रधानमन्त्री

बिआरटीनेपाल २०७५ चैत ९ गते १०:३९ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अमूर्त र औसत कुरामा विश्वास नगर्ने बताउनुभएको छ । नेपाल तीव्र परिवर्तनको क्रममा रहेको बताउँदै प्रधानमन्त्रीले सरकारले विकाश र सम्वृद्धिको ठोस परिणाममा विश्वास गर्ने बताउनुभयो ।

गीतकार एवं पूर्वप्रधानमन्त्री जेएन खनालको ‘परिवर्तनका स्वरहरू– भाग २’ को शनिबार काठमाडौंमा आयोजित विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालले दिनदिनै परिवर्तनलाई तीव्रता दिएको बताउनुभयो । प्रधानमन्त्री ओलीले देशमा संघीय गणतन्त्र आउनु,संविधानसभाबाट संविधान जारी हुनु, जनताले अधिकारको उपभोग गर्न पाउनु र विकास निर्माणको तिव्रताले देशमा परिवर्तनको क्रम बढेको दाबी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले अमूर्त समृद्धि र अपूर्ण सुखमा विश्वाश नगर्ने बताउनुभयो । सरकार सामाजिक न्यायसहितको समानताको पक्षमा रहेको उहाँको भनाई थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले पार्टीको अध्यक्ष र प्रधानमन्त्री भइसकेका नेता खनालको सृजनशीलताकोे प्रशंसा गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू