अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२० | Colorodo: 20:35

सरकार अधिकार विहीन हुदाँ विकासले गति लिएन – उप–प्रधानमन्त्री यादव

बिआरटीनेपाल २०७५ चैत ९ गते १०:३७ मा प्रकाशित

नेपाल सरकारका उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रदेश सरकार अधिकार विहीन हुदाँ देशमा विकासले गति लिन नसकेको बताउनुभएको छ । संघीय प्रेस फोरम कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले प्रदेश सरकार अधिकार विहिन हुदाँ देशमा सोचे जसरी विकासले गति लिन नसकेको टिप्प्णी गर्नुभएको हो ।

मुलुक एकात्मकतावाट संघियतामा जाने व्यवस्था भएर पनि संघियतामा हुनुपर्ने गुणहरुलाई आत्मसाथ गर्न नसक्दा प्रदेश सरकार अधिकार विहिन भएको उहाँको भनाइ थियो । देशको समग्र विकाशका लागि सघिंय सरकारले प्रदेशलाई अधिकार दिनुपर्ने मन्त्री यादवले बताउनुभयो ।

मुलुकको संविधान संसोधन गर्ने सहमतिमा आफुहरु सरकारमा सहभागी भएको वताउँदै मन्त्री यादवले संविधान संसोधनको विषयमा सरकारसँग छलफल भइरहेको जानकारी दिनुभयो । सरकारले संविधान संसोधन गर्ने विषयमा आफुहरुलाई धोका दिए आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता हुने उहाँको चेतावनी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू