अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३८ | Colorodo: 08:53

सरिता लामिछानेद्वारा चलचित्र कलाकार सङ्घको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

बिआरटीनेपाल २०७५ चैत ९ गते १०:३८ मा प्रकाशित

काठमाडौँ : यही आगामी चैत्र २३ गते शनिवार हुनगईरहेको नेपाल चलचित्र कलाकार सङ्घको निर्वाचनमा अध्यक्ष पदको लागि वर्तमान महासचिव अभिनेत्री सरिता लामिछानेले उम्मेदवारी घोषणा गरेकी छिन । काठमाडौँमा चैत्र २३ गते हुन गइरहेको नेपाल चलचित्र कलाकार सङ्घको अधिवेशनबाट नयाँ कार्य समितिको लागि उनले अधक्ष्य पदमा उम्मेदवारी घोषणा गरेकी हुन् । 

सङ्घको विभिन्न कार्यसमितिमा बस्दै सक्रिय रूपमा कलाकारहरूको हकहितमा बुलन्द आवाज उठाउँदै आएकी अभिनेत्री सरिता लामिछाने नेतृत्व सम्हाल्न सक्षम रहेकी चलचित्र वृत्तका विज्ञहरू बताउँछन् । विगत २ दशक देखि सक्रिय रूपमा चलचित्र क्षेत्र तथा कलाकारिता क्षेत्रमा रहेर सदैव कलाकारहरूको हितमा वकालत गर्दै आएकी उनी कलाकारितालाई समेत निरन्तरता दिँदै आगामी दिनहरूमा अझ बेसी सक्रियता जनाउँदै कलाकारहरूको हक हित र अधिकारको लागि सधैँ सपर्पित हुँदै र कलाकार सङ्घलाई सशक्त रूपमा अगाडि बढाउन पहल गर्ने अठोटको साथ आउने कार्यकालको लागि अधक्ष्य पदमा उम्मेदवारी दिने घोषणा गरेको अभिनेत्री सरिता लामिछाने बताउछिन ।

अधक्ष्य पदमा उम्मेदवारी दिनको लागि पनि आफूभन्दा अग्रज कलाकार, पत्रकार, तथा समकालीन साथीहरूसँग सल्लाह सुझाव लिएर अगाडि बढेको र आफूलाई सहयोग गरी विजय गराई दिनु हुन कलाकारहरू, पत्रकारहरू सबैमा अभिनेत्री लामिछानेले आग्रह समेत गरेकी छिन।

स्मरण रहोस् उनी नेपाल चलचित्र कलाकार सङ्घको ३० औ बर्से इतिहासमा पहिलो महिला महासचिव पदमा अत्यधिक बहुमतले विजय गरेको पहिलो महासचिव हुन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू