अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५२ | Colorodo: 06:07

अमेरिकी निर्वाचनमा रुसी हस्तक्षेपबारे प्रतिवेदन तयार

बिआरटीनेपाल २०७५ चैत ९ गते १०:१४ मा प्रकाशित

सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपबारे अनुसन्धान गरिरहेका विशेष काउन्सिल रोबर्ट मुलरको टोलीले न्याय विभागमा आफ्नो प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति चुनावमा रुसी हस्तक्षेप र राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानका बीचमा साँठगाँठ रहेको आरोपबारे विशेष काउन्सिल मुलरको टोलीले २२ महिना लगाएर अनुसन्धान गरी आफ्नो प्रतिवेदन बुझाएको हो ।

मुलरले महान्यायाधिवक्ता विलियम बारलाई प्रतिवेदन बुझाउनुभएको छ । महान्यायाधिवक्ता विलियमले अब प्रतिवेदनलाई संक्षेपीकरण गर्नुहुनेछ , र अमेरिकी संसद्मा पेश गर्ने अंशबारे निर्णय लिनुहुनेछ । मुलरको प्रतिवेदनमा कुनै पनि किसिमको गम्भीर आरोप नलाइएको न्याय विभागका अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विशेष काउन्सिल मुलरले राष्ट्रपति ट्रम्पका ६ पूर्वसहयोगी तथा दर्जनौँ रुसी अधिकारीविरुद्ध यसअघि नै आरोप लगाएका छन् । महान्यायाधिवक्ता विलियमले संसद्का नेतालाई पत्र लेखेर मुलरको प्रतिवेदनका मुख्य कुरा आगामी हप्तासम्म पेश गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू