अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४२ | Colorodo: 15:57

ब्राजिलका पूर्वराष्ट्रपति मिसेलद्वारा बयान दिन अस्वीकार

बिआरटीनेपाल २०७५ चैत ९ गते १०:१३ मा प्रकाशित

भ्रष्टाचारको आरोपमा पक्राउ परेका ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमरले बयान दिन अस्विकार गर्नुभएको छ । बयान लिनका लागि उहाँलाई सोधिएका प्रश्नहरूमा उनले मौन बसेर कुनै पनि प्रश्नको उत्तर नदिएको स्थानीय अधिकारीहरूले बताएका छन्। आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका मिसेललाई बिहीबार पक्राउ गरिएको थियो भने शुक्रबार उहाँसँग बयान लिने प्रयास गरिएको थियो। प्रश्नहरूको उत्तर नदिने टेमरको निर्णयलाई “मौन बस्न पाउने अधिकार”को अभ्यासका रुपमा लिइएको छ । उहाँ पक्राउ परेपछिको रात संघीय प्रहरी मुख्यालयको हिरासत कक्षमा बिताएको अधिकारीहरूले जनाएका छन्। उहाँलाई साओ पाउलोस्थित आफ्नै निवासमा रहेकै बेला पक्राउ गरिएको थियो।

राजनीतिकर्मी र कर्मचारीतन्त्रका बीचमा तालमेल गरेर सन् २०१४ मा अनियमितता गरेको आरोपमा टेमरलाई पक्राउ गरिएको हो। पूर्वराष्ट्रपति टेमर सन् २०१६ को अगस्टदेखि सन् २०१८ को डिसेम्बरसम्म ब्राजिलको राष्ट्रपति बन्नुभएको थियो । पदमा बहाल रहेकै बेला उहाँलाई भ्रष्टाचारको आरोप लागेपछि पदमुक्त हुनुभएको थियो ।

टेमरलाई भ्रष्टाचार अपराध, आपराधिक संगठन र सम्पत्ति शुद्धीकरणका विषयमा थप छानविन गर्नका लागि पक्राउ गरिएको प्रहरी अधिकारीहरूले बताएका छन्। यस्तै, आरोपमा अन्य राजनीतिज्ञहरू पनि पक्राउ परेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू