अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२३ | Colorodo: 15:38

लगानी सम्मेलनले समृद्धिको ढोका खुल्छ – अध्यक्ष राणा

बिआरटीनेपाल २०७५ चैत ९ गते ९:२७ मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले निकट भविस्यमा नेपालमा हुन गैरहेको लगानी सम्मेलनले समृद्धिको ढोका खुल्ने बताउनुभएको छ । दाङ्गमा शनिवार आयोजित साक्षात्कारमा अध्यक्ष राणाले संपुर्ण औद्योगिक पुर्वाधारहरु तयार गर्न व्यवसायीहरुले सरकारसंग हातेमालो गर्ने उल्लेख गर्नुभयो । मुलुकमा दुइतिहाइको शक्तिशाली सरकार बनेको ले समृद्धिको आन्दोलनमा कुने अलमल विना ढुक्कसंग लाग्न उहाँले उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो ।

संघियताको मर्मलाइ ध्यान दिने हो भने पांच नम्वर प्रदेशको केन्द्र हरेक दृष्टिकोणले दाङ उपयुक्त रहेको पनि उहाको भनाई थियो । बर्दिया बांके र रुकुमलाइ पनि विकाशको मुल प्रवाहमा ल्याउन सकेमात्र संघियताको स्वाद आम नेपालीले अनुभुति गर्ने उहाको भनाई थियो ।

कैलाशधाम र स्वर्गद्धारीधामलाइ जोड्न दाङ जोडिएको नयां रुट बनाउने सवालमा पनि उद्योग वाणिज्यसंघले केन्द्रमा समेत लविङ गरीरहेको पनि अध्यक्ष राणाले जानकारी गराउनुभयो । दुइतिहाइ वहुमतको सरकार समृद्धिका सवालमा अझैपनि अलमलमा परेको बताउंदै उद्योग वाणिज्य महासंघले सरकारलाइ आर्थिक समृद्धिको खाका पनि बुझाइसकिएको राणाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू