अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२५ | Colorodo: 09:40

वैदेशिक रोजगारीका क्रममा नेपाली कामदारको मृत्युदर कहालीलाग्दो

बिआरटीनेपाल २०७५ चैत ९ गते ९:२३ मा प्रकाशित

स्वदेशमा रोजगारी उपलब्ध नहुँदा विदेशमा कठिन श्रम गर्न जानु नेपाली युवाको बाध्यता बन्दै गएको परिप्रेक्ष्यमा नेपाली कामदारको मृत्युदर बढिरहेको छ । आयआर्जन गरी सुनौलो भविष्यका लागि ऋण गरी विदेश भासिएका मध्ये दैनिक औसत २ जनाको मृत्यु हुने गरेको कहालीलाग्दो तथ्यांक छ ।

चालु आर्थिक वर्षको ८ महिनामा मात्र ५ सय बढी वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्यु भएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरु मध्ये ८ महिनाभित्रै ५ सय ८ पुरुषर १६ महिलासहित कूल ५ सय २४ नेपाली कामदारको मृत्यु भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्यांक छ ।

यस अनुसार औसतमा मासिक ६५ जनाभन्दा बढी र दैनिक दुई जनाभन्दा बढी नेपालीले रोजगारीका शिलसिलामा विदेशी भूमीमा ज्यान गुमाइरहेको देखिन्छ । बोर्डले उद्दार तथा राहत र सुरक्षाको लागी मात्र ४० करोड खर्च गरिसकेको जनाएको छ । बोर्डले मृतकका हकवालालाई ३४ करोड बराबरको आर्थिक सहायता गरेको छ ।

बोर्डले यस अवधिमा ५ सय १० जना पुरुष र ९ जना महिलाको शव ल्याउन मात्र १० करोड रुपैयाँ खर्च गरेको पनि जनाएको छ । बोर्डले शव झिकाउनकै लागी ६९ लाख, अंगभंग- गम्भिर बिरामीको क्षतीपुर्तिको लागी ४ करोड, कामदारको परिवारलाई स्वास्थ उपचार सहयोग ८ लाख १५ हजार र उद्दार तथा खोज तलासको लागी २५ लाख रुपैयाँ खर्च गरेको जनाएको छ ।

यसैगरी बोर्डले अभिमुखिकरण तालिमको लागी ६ लाख २३ हजार रुपैयाँ खर्च गरेको छ । बोर्डले कामदारको सुरक्षको लागी पुर्नस्थापना अभिमुखिकरण तालिम पनि दिंदै आएको छ । हाल सम्म ५ सय ४५ जना नेपाली विभिन्न देशको जेलमा रहेको र कोमाका बिरामी २४ जना रहेको पनि बोर्डले जनाएको छ । बोर्डले वैदेशिक रोजगारीमा जानेहरुको सुरक्षाको लागी विभिन्न तालिमहरु पनि सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू