अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४० | Colorodo: 09:55

क्षयरोगका कारण नेपालमा वार्षिक ‘पाँच हजारको मृत्यु’

बिआरटीनेपाल २०७५ चैत ९ गते ९:१६ मा प्रकाशित

‘समय अबको, क्षयरोग अन्त्यको’ भन्ने नारासहित विश्व क्षयरोग दिवस नेपालमा पनि चैत १० गते मनाइने भएको छ । राष्ट्रिय क्षयरोग केन्द्रले पत्रकार सम्मेलन गरी क्षयरोगका कारण नेपालमा वार्षिक ५ हजार जनाको मृत्यु हुने गरेको जानकारी दिएको छ ।

विश्व स्वास्थ्य संगठनकाअनुसार नेपालमा वर्षे्नि क्षयरोगका ४५ हजार नयाँ बिरामी थपिने गरेका छन् । नयाँ र पुराना गरी नेपालमा ६० हजार क्षयरोगका बिरामी रहेको अनुमान छ । राष्ट्रिय क्षयरोग केन्द्रले भने वार्षिक ३२ हजार ४७४ जना नयाँ बिरामी उपचारको दायरामा ल्याएको जनाएको छ । जसमा ६४ प्रतिशत पुरुष, ३६ प्रतिशत महिला र ५ प्रतिशत बालबालिका रहेका छन् ।

पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक डा. भीमसिंह तिंकरीले स्थानीय र प्रदेश सरकार क्षयरोग नियन्त्रण गराउने अभियानमा सहभागी भए समयमा औषधि ढुवानी हुने र क्षयरोग नियन्त्रण गराउन सकिने बताउनुभयो । हाल देशका चार हजार ३ सय २३ उपचार केन्द्रबाट क्षयरोगको औषधि निःशुल्करुपमा दिने गरिएको छ । नियमित औषधि सेवन गर्ने र खानपान तथा जीवनशैलीमा विशेष ध्यान पुर्याए क्षयरोग पूर्णरुपमा निको हुने रोग हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू