अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२३ | Colorodo: 03:38

नेजा पुरस्कारका लागि कार्यविधि तय

बिआरटीनेपाल २०७५ चैत ८ गते २१:३२ मा प्रकाशित

अमेरिका । नेपाल अमेरिका पत्रकार सङ्घ(नेजा)ले प्रदान गर्ने नेजा सामुदायिक पत्रकारिता पुरस्कार छनौटका लागि छनौटका आधार कार्यविधि तय भएको छ ।

नेजा पत्रकारिता पुरस्कार छनौटका लागि गठित छनौट समितिको पहिलो कन्फ्रेन्सकल बैठकले पुरस्कार छनौटका लागि नेजाद्धारा तयार गरिएको पुरस्कार छनौट कार्यविधि र नियमावलीको अधिकार क्षेत्रमा रहेर केही छनौटका आधार र कार्यविधि तयार गरेको हो ।

छनौट समितिले तय गरेको कार्यविधि अनुसार पुरस्कारका लागि प्रतिस्पर्धा गर्न सन् २०१८, जनवरी १ देखि डिसेम्बर ३१ सम्म प्रकाशित वा प्रसारित भएको कम्तीमा तीन समाचार, अनुसन्धानात्मक फिचर, लेख रचनाको लिङ्क, कपी वा सिडी पेस गर्नुपर्ने छ ।

अमेरिकामा रहेका नेपाली समुदायको हक, हित र उत्थानसँग सम्बन्धितलाई ग्राहयता दिइने गरी तयार भएको कार्यविधि अनुसार अमेरिकामा रही कम्तीमा दुई वर्ष पत्रकारिता क्षेत्रमा काम गरेकाहरू पुरस्कारका लागि आवेदन दिन योग्य रहने छन् ।

पुरस्कारका लागि प्रतिस्पर्धामा नेजाको कार्यसमितिमा रहेका कुनै पनि पदाधिकारी वा केन्द्रीय सदस्य वा सल्लाहकार समावेश नगराइने निर्णय गर्दै छनौट समितिले साभार गरिएका समाग्रीहरु पुरस्कारका लागि योग्य नहुने जनाएको छ ।

प्रतिस्पर्धाका लागि समाचारका कटिङहरु पेस गर्दा मिति र पत्रिका वा अन्य सञ्चारमाध्यमका मास्टर हेड सहितको कपी पेस गर्नु पर्ने उल्लेख गर्दै छनौट समितिले व्यक्तिगत ब्लगमा छापिएका समाचारहरू पुरस्कारका लागि योग्य नहुने बताएको छ ।

यसै गरी लेख वा रचनाहरू समाचारका न्यूनतम मूल्य मान्यतामा आधारित हुनुपर्ने र श्रोतहरू खुलेका तथ्यमा आधारित वा अनुसन्धानत्मकलाई प्राथमिकता दिइने जनाऊ“दै छनौट समितिले प्रतिस्पर्धाका लागि पठाइने आवेदनसहित लेख रचना लिङ्कहरू वा स्क्यानिड गरिएका सबै सामग्री प्रस्ट बुझिने खालको हुनुपर्ने र यी सामाग्रीहरू आऊ“दो २०१९,अप्रिल १५ सम्ममा नेजाको सम्बन्धित इमेलमा पठाई सक्नु पर्ने जनाएको छ । नेजा पुरस्कार छनौटका लागि सङ्घका महासचिव किरण मरहठ्ठाको संयोजकत्वमा पत्रकारद्धय होमप्रसाद लम्साल र ज्योति देवकोटा सदस्य रहेको समिति रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू