अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०१ | Colorodo: 23:16

जिम्मी कार्टरको कीर्तिमान– सबैभन्दा बढी बाँच्ने पूर्व अमेरिकी राष्ट्रपति

बिआरटीनेपाल २०७५ चैत ८ गते १०:१६ मा प्रकाशित

जिम्मी कार्टर सबैभन्दा बढी उमेरसम्म बाँच्ने अमेरिकाका पूर्व राष्ट्रपति बन्नुभएको छ । अस्पतालमा जन्मने पहिलो अमेरिकी राष्ट्रपतिका रुपमा पनि कार्टरको कीर्तिमान छ । सबैभन्दा बढी उमेर बाँच्ने अमेरिकाका पूर्व राष्ट्रपतिका रुपमा कार्टरले जर्ज एचडब्लू बुसको कीर्तिमान तोड्नुभएको हो । बुस ९४ वर्ष एक सय ७१ दिन बाँच्नुभएको थियो । कार्टरको उमेर शुक्रबार ९४ वर्ष एक सय ७२ दिन पुगेको छ ।

‘कार्टर र उहाँकी श्रीमती हिँडिरहन्छन् र स्वस्थ भोजन सन्तुलन पनि पछ्याउँछन’, कार्टरको नाममा स्थापित कार्टर सेन्टरकी प्रवक्ता डियन्ना कङ्गिलियोले भनेकी छिन् । उनका अनुसार कार्टर र उहाँकी श्रीमती विश्वलाई गतिलो बनाउन सकेसम्म लामो समय योगदान गर्न दृढ छन् र विश्वका दशौँ लाख गरिब मानिसहरु यी दम्पतीप्रति कृतज्ञ छन् ।
कार्टर नोबेल शान्ति पुरस्कार विजेता समेत हुनुहुनछ । उहाँको नाममा तीनवटा ग्रामी अवार्ड पनि छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू