अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२७ | Colorodo: 06:42

अचानक अस्वस्थ भएपछि पूर्वगृहमन्त्री सिटौला अस्पताल भर्ना

बिआरटीनेपाल २०७५ चैत ८ गते १०:०० मा प्रकाशित

अचानक स्वास्थ्य स्थिति बिग्रिएपछि पूर्व गृहमन्त्री तथा कांग्रेस नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना हुनुभएको छ । उहाँलाई शुक्रबार साँझ मन्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना गरिएको सिटौलाका स्वकीय सचिव किरण सिटौलाले जानकारी दिनुभयो । सिटौलाको शरिरमा हेमोग्लोबिनको मात्रा कमी भएको जनाईएको छ ।

नेता सिटौलालाई रगत दिइराखिएको र स्वास्थ्य स्थितिमा सुधार हुँदै गएको स्वकीय सचिव सिटौलाले बताउनुभएको छ । मुटुरोगका बिरामी सिटौलाको यसअघि नर्भिक अस्पतालमा ओपन हार्ट सर्जरी गरिएको थियो। शाकाहारी खानपान गर्ने सिटौला सात्विक जीवनशैली अपनाउनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू