अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२३ | Colorodo: 23:38

निर्मला हत्या प्रकरणः थुनछेक बहस सकियो, आइतबार फैसला

बिआरटीनेपाल २०७५ चैत ८ गते ९:४९ मा प्रकाशित

बलात्कारपछि हत्या गरिएकी जिल्लाको भीमदत्त नगरपालिका १३ की बालिका निर्मला पन्तको हत्या प्रकरणमा बर्खास्तमा परेका तत्कालीन नेपाल प्रहरीका एसपी डिल्लीराज विष्टको जिल्ला अदालत कञ्चनपुरमा शुक्रबार थुनछेक बहस सकिएको छ । मंगलबार अदालतमा निवेदनसहित आफैँ उपस्थित भएका विष्टसँग यातनासम्बन्धी मुद्दा र प्रमाण नष्ट गरेको मुद्दामा बयान लिने कार्य गरिएपछि बुधबारदेखि थुनछेक बहस शुरु गरिएको थियो।

बयान लिने कार्य सकिएपछि दुवै मुद्दाबारे बुधबार थुनछेक बहस नसकिएपछि शुक्रबार पुनः वादी र प्रतिवादी वकिलले कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार आर्चायको एकल इजलासमा थुनछेक बहस गरेका थिए । थुनछेक बहसको कार्य सकिए पनि समय अभावले आदेश आउन नसकेको अदालतका श्रेष्तेदार हरिकृष्ण अबस्थीले बताउनुभयो । उहाँका अनुसार बर्खास्त प्रहरी उपरीक्षक विष्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको जिम्मा लगाएको छ ।

बर्खास्त प्रहरी उपरीक्षक विष्टसहित आठ जनाविरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले सार्वजनिक न्यायविरुद्धको कसुर र दिलीप सिंह विष्टका दाजु खडक विष्टले यातानाविरुद्धको कसुरमा मुद्दा दायर गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू