अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४९ | Colorodo: 09:04

इराकमा डुंगा दुर्घटना, करिब १ सय जनाको मृत्यु

बिआरटीनेपाल २०७५ चैत ८ गते ९:४५ मा प्रकाशित

इराकको मोसुल शहरस्थित टाइग्रिस नदीमा डुंगा डुब्दा करिब १ सय जनाको मृत्यु भएको छ । मोसुल शहरबाट झन्डै चार किलोमिटर टाढा रहेको एक पर्यटकीय टापुमा नयाँ वर्ष मनाउन जानेहरु चढेको डुंगा डुबेको हो । मृतकमध्ये अधिकांश महिला र बालबालिका छन् ।

इराकी अधिकारीहरुले १९ बालबालिका र ६१ महिलाको शव फेला परिसकेको जनाएका छन् । ५५ जनाको जीवितै उद्धार गरिएको छ । डुंगामा २ सयभन्दा बढी सवार रहेको बताइएको छ ।
मोसुल बाँधको ढोका खोलिएका बेला नदीमा पानीको सतह बढेको भन्दै अधिकारीहरुले चेतावनीसमेत जारी गरेका थिए । तर, सोही अवस्थामा एउटै डुंगामा ठूलो संख्यामा पर्यटक चढेर गएपछि दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू