अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४१ | Colorodo: 09:56

कोरियाली भाषा परीक्षाको आवेदन खुला

बिआरटीनेपाल २०७५ चैत ८ गते ९:४४ मा प्रकाशित

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको आवेदन गएराति १२ बजेबाट खुला भएको छ । कोरियाली भाषा परीक्षाको आवेदन दस्तुर सेवाग्राहीको सहजताका लागि अनलाइनबाटै बुझाउन सकिने व्यवस्था मिलाइएको इपीएस कोरिया शाखाले जनाएको छ ।

विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएका संस्था इ–सेवा, आइएमई–पे, फोन–पे, ग्लोबल अनलाइन, ग्लोबल स्मार्टलगायत प्रणालीबाट आवेदकले कुनै लाइन नबसी दरखास्त दस्तुर बुझाउन सक्ने शाखाले जनाएको हो । गतवर्षदेखि आवेदन फाराम भर्ने प्रक्रिया अनलाइनबाटै बनाइएको र यस वर्षदेखि परीक्षा दस्तुर अनलाइनबाटै बुझाउन सकिने व्यवस्था मिलाइएको शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले सीआइएनसँग बताउनुभयो ।

आवेदन फाराम भर्ने र अनलाइन भुक्तानी गर्ने प्रक्रियाको जानकारी इपीएस कोरिया शाखाको वेबसाइट eoers.epsnepal.gov.np लगइन गरी लिन सकिनेछ । भाषा परीक्षाको तयारी गरिरहेका युवाले गएराति १२ बजेदेखि आवेदन फाराम भर्न सुरु गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू