अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०९ | Colorodo: 06:24

साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगितामा नेपाल फेरि उपविजेतामै सीमित

बिआरटीनेपाल २०७५ चैत ८ गते ९:४१ मा प्रकाशित

साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगितामा नेपाल फेरि पनि उपविजेतामै सीमित भएको छ । शुक्रबार विराटनगरको सहिद रंगशालामा भएको पाँचौं संस्करणको फाइनलमा नेपाल फेरि भारतसित पराजित भयो । नेपाल ३–१ ले पराजित भएको हो ।

मध्यान्तरसम्म १–१ गोलको बराबरी खेलेको नेपालले मध्यान्तरपछि २ गोल खाएको हो । २६औं मिनेटमा पहिलो गोल खाएको नेपालले त्यसको सात मिनेटमा सावित्रा भण्डारीको गोलमार्फत् बराबरी गर्न सफल भएको थियो । ६३औं मिनेटमा गोल खाएर २–१ ले पछि परेको नेपालले ७८औं मिनेटमा तेस्रो गोल खाएपछि खेलमा फर्कन सकेन । फाइनल पुग्दासम्म १० गोल गर्दा गोल नखाएको नेपालले फाइनलमा ३ गोल खायो । समूह चरणमा भुटान र बंगलादेशलाई समान ३–० ले हराएको नेपालले सेमिफाइनलमा श्रीलंकालाई ४–० ले हराएको थियो ।

नेपाल चौथोपटक फाइनलमा भारतसित पराजित भएको हो । गत संस्करणमा भने नेपाल भारतसित सेमिफाइनलमै पराजित भएको थियो । साफ च्याम्पियनसिपमा नेपालले अहिलेसम्म भारतलाई हराउन सकेको छैन । महिला फुटबलमा अहिलेसम्म नेपालले भारतसँग ११ खेल खेलेकामा एक खेल जित्दा दुई बराबरी गरेको छ भने ८ खेल हारेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू