अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०९ | Colorodo: 06:24

ब्रेक्जिटका लागि दुई महिना समयसीमा थप्ने सहमति

बिआरटीनेपाल २०७५ चैत ८ गते ९:३९ मा प्रकाशित

युरोपेली संघ (ईयु)बाट बेलायतको औपचारिक बहिर्गमनका लागि समयसीमा थप्न ईयुका नेताहरु सहमत भएका छन् । बेल्जियमको ब्रसेल्समा बसेको ईयुका नेताहरुको बैठकले ब्रेक्जिटका लागि दुई महिना समयसीमा थप्ने सहमति जनाएको हो । बेलायती सांसदहरुले ईयुका नेताहरुसँग भएको सहमतिलाई अर्को हप्ता अनुमोदन गरेमा बेलायतले ब्रेक्जिटका लागि आगामी मे २२ सम्मको समयसीमा पाउने छ । यदि सांसदहरुले सो सहमति अनुमोदन गरेनन् भने ब्रेक्जिटका लागि अप्रिल १२ सम्मको समयमात्र थप गर्ने ईयुले स्पष्ट पारेको छ ।

बेलायती प्रधानमन्त्री टेरिजा मेले ब्रेक्जिट सम्बन्धमा आफूले तयार गरेको मस्यौदामा सांसदहरुको समर्थन जुटाउन अर्को साता पुनः तेस्रो पटक मतदान गर्ने तयारी थाल्नुभएको छ । ब्रेक्जिटको सम्झौतासहित ईयु छाड्ने अडानमा रहेकी प्रधानमन्त्री मेले सांसदहरुको समर्थन जुटाउन हरसम्भव प्रयास गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू