अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२५ | Colorodo: 06:40

चीनको तियानजियाई केमिकल प्लान्टमा विस्फोट, कम्तीमा ४४ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ चैत ८ गते ९:३८ मा प्रकाशित

चीनको एउटा केमिकल प्लान्टमा विस्फोट हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको छ । पूर्वी चीनको येनचंग शहरमा रहेको तियानजियाई केमिकल प्लान्टमा विस्फोट भएको हो । विस्फोटमा परेर ९० जना घाइते भएका छन् । घाइतेमध्ये ३२ जनाको अवस्था गम्भीर छ ।

विस्फोटलगत्तै कारखानामा रहेको ६४० जनालाई अस्पताल पुर्याइएको थियो । विस्फोटपछि कारखानामा आगो लागेको थियो ।

यो कारखानामा उर्जा उत्पादनको काम हुँदै आएको थियो । चिनियाँ भूकम्प मापन केन्द्रले विस्फोटको समयमा २.२ म्याग्नेच्युटको धक्का महसुस भएको जनाएको छ । कारखानामा लागेको आगो नियन्त्रणमा लिइएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू