अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५१ | Colorodo: 14:06

समृद्धिको अभियानमा केन्द्रित हुन उप–प्रधानमन्त्री पोखरेलको आह्वान

बिआरटीनेपाल २०७५ चैत ८ गते ९:३१ मा प्रकाशित

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित हुन सबैलाई आह्वान गर्नुभएको छ । उपप्रधानमन्त्री पोखरेलले मुलुकको समृद्धिमा केन्द्रित भएर आवश्यक योजनाहरू तय गर्न पनि सम्बन्धित पक्षलाई सचेत गराउनुभयो ।

मदन भण्डारी फाउन्डेशनले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले जनतालाई सुखी बनाउने तथा मुलुकलाई समृद्ध बनाउने सरकारको योजनालाई सफल बनाउन संघ, प्रदेश र स्थानीय सरकारले मिलेर काम गर्ने पनि स्पष्ट पार्नुभयो ।

उपप्रधानमन्त्री पोखरेलले संविधानले नै संघ, प्रदेश र स्थानीय तहको काम बाँडफाँड गरिदिएकाले सोही अनुसार कामअघि बढनेमा पनि विश्वस्त हुन आग्रह गर्नुभयो । सरकारले संविधानको मर्मअनुसार अघि बढनका लागि आवश्यक कानुन र संरचना निर्माणको कामलाई तीव्रता दिइरहेको उपप्रधानमन्त्री पोखरेलको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू