अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२९ | Colorodo: 21:44

वि. सं २०८० देखि सडकहरु सुरुङयुक्त – प्रधानमन्त्री

बिआरटीनेपाल २०७५ चैत ८ गते ९:२६ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अशान्तिको युग समाप्त भएको भन्दै हिंसाको बाटो हिँड्ने छुट कसैलाई नभएको बताउनुभएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत् बुटवल–नारायणगढ सडक खण्डको स्तरोन्नतिको शुक्रबार बुटवलमा शिलान्यास गर्दै उहाँले शान्ति–सुरक्षा खल्बल्याउन खोज्नेलाई नियन्त्रण गर्न सरकार सक्षम रहेको बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले २०७५ देखि २०८० सडक युग हुने भन्दै २०८० देखि सडकहरुलाई सुरुङयुक्त बनाउने दाबी गर्नुभयो । शुक्रबारै रुपन्देहीको नयाँमिलमा मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल मगन्ते देश नभएको पनि बताउनुभयो । कतिपयले विदेशी सहयोग आउँदैन भनेर हल्ला चलाएको भन्दै उहाँले मगन्तेहरुको देश नभएकाले आफ्नै देशको प्राकृतिक स्रोत सदुपयोग गरेर समृद्ध मुलुक बनाइने दावी गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले एअरपोर्ट बनाउँदा, सीके राउतलाई मूलधारको राजनीतिमा ल्याउँदा र जे गर्दा पनि सरकारकै विरोधमा उत्रिएकाले आफू जति विरोध गरेपनि विकासका कामबाट पछाडि नहट्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू