अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४१ | Colorodo: 02:56

पार्टी एकता आकिस्मक रूपमा टुङ्गिने प्रधानमन्त्री ओलीको भनाई

बिआरटीनेपाल २०७५ चैत ८ गते ९:२५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी एकता आकस्मिक रूपमा टुङ्गिने बताउनुभएको छ । भैरहवा विमानस्थलमा आज पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नेकपाको स्थानीय तहको एकता आकस्मिक ढङ्गबाट टुङ्गोमा लाग्ने उल्लेख गर्नु भएको हो ।

“चुनावी गठबन्धन, पार्टी एकता घोषणा जस्ता नेकपाका धेरै गतिविधि आकस्मिक रूपमा टुङ्गिएका छन्,” नेकपा अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, “स्थानीय तहका एकता एकता पनि आकिस्मक रूपमा नै टुङ्गिनेछन् ।”

सीके राउतले विखण्डन छाडेर विकासको बाटोमा आउन सहमत भएको स्मरण गर्दै प्रधानमन्त्रीले नेत्रविक्रम चन्द ‘विप्लव’ लाई पनि शान्तिपूर्ण मार्गमा आउन सरकारले अपिल गरेको बताउनुभयो । विप्लव समूहले विध्वंसात्मक गतिविधि नछाडेको प्रधानमन्त्रीको भनाइ थियो ।

“विप्लवलाई त्यसो नगर्नु भन्दा चित्त दुखाउनेहरू पनि छन्, उनीहरू देशका हितमा छैनन् ।” उहाँले भन्नुभयो । प्रधानमन्त्रीले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एयर रुट मिलाउन भारतीय पक्षसँग छलफल भइरहेको जानकारी दिँदै विमानस्थल सञ्चालन हुनासाथ पर्यटकको आगमन खचाखच हुने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले आज नै विमानस्थलको निरीक्षण गर्दै काम छिटो सक्न निर्देशन पनि दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू