अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५६ | Colorodo: 22:11

जिम्बाबेमा बाढी र तुफानबाट ९० प्रतिशत क्षति, मृत्यु हुनेको संख्या १३९ पुग्यो

बिआरटीनेपाल २०७५ चैत ७ गते ९:५० मा प्रकाशित

जिम्बाबेमा आएको पछिल्लो बाढी र तुफानका कारण दुई लाख भन्दा बढी व्यक्ति प्रभावित भएका छन्। संयुक्त राष्ट्रसंघीय निकायले बिहीबार दिएको जानकारी अनुसार प्रभावित भएकामध्ये अधिकांश मोजाम्बिक सीमा क्षेत्रका रहेका छन्।

प्रारम्भिक विवरणमा प्रभावितहरुको संख्या एक लाख ५० हजार भएपछि विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले प्राप्त गरेको विवरणमा प्रभावित हुनेहरुको संख्या बढेको देखिएको हो। डब्लुएफपीका प्रवक्ता हेर्भे भेर्हुसेलले दिएको जानकारी अनुसार जेनेभामा प्रप्त विवरणमा रातारात प्रभावितहरुको संख्या बढेको उल्लेख छ।

मोजाम्बिकको सीमा क्षेत्रमा पर्ने चिमानीमानीमा बाढी र तुफानले ‘धेरै खराब’ अवस्था सृजना गरेको उहाँले बताउनुभयो ।। ‘जिल्लाको झण्डै ९० प्रतिशत प्रष्ट क्षति भएको छ’, उनले भने। जिम्बाबेको राज्यद्वारा सञ्चातिल प्रसारण संस्था जेडबीसीले मृत्यु हुनेहरुको संख्या सयबाट बढेर १३९ पुगेको छ। राष्ट्रसंघले बाढीबाट प्रभावित भएकाहरु मध्ये ४० हजार जना विस्थापित भएको पनि जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू