अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१८ | Colorodo: 01:33

भ्रामक र कपोलकल्पित टिप्पणी प्रति नेपाली सेनाको आपत्ति

बिआरटीनेपाल २०७५ चैत ७ गते ९:४७ मा प्रकाशित

नेपाली सेनाले आफुलाई जोडेर पछिल्ला दिनहरुमा आइरहेका खबरप्रति आपत्ति जनाएको छ । आफ्नो आधिकारिक स्रोतभन्दा बाहिरबाट लिएका सूचनालाई आधार मान्दै टीका–टिप्पणीहरु आउन थालेको भन्दै सेना रुस्ट बनेको हो ।

बिहीबार नेपाली सेनाले विज्ञप्ति निकालेर त्यसरी आएका खबर र सूचनालाई भ्रामक र कपोलकल्पितको संज्ञा दिएको छ । ‘विगत केही दिनदेखि आधिकारिक स्रोतले दिएको औपचारिक सूचनाबाहेक पनि विभिन्न सैनिक स्रोतको हवला दिँदै केही सन्चारमाध्यमहरुले नेपाली सेनासम्बन्धी गरेका विभिन्न भ्रामक र कपोलकल्पित टीका–टिप्पणीहरुप्रति नेपाली सेनाको ध्यानाकर्षण भएको’ विज्ञप्तिमा जनाइएको छ ।

‘नेपाली सेना नेपालको संविधान, सैनिक ऐन र नेपाल सरकारको नीति तथा निर्देशनअनुसार सन्चालन हुने संस्था भएकोले नेपाली सेना आफ्नो जिम्मेवारीप्रति सजग छ । सोही आधारभूत मान्यतामा नेपाली सेना सदैव अडिग रहेकोसमेत स्मरण गराउँदछौं’–विज्ञप्तिमा भनिएको छ ।

वर्तमान अवस्थामा नेपाली सेना आफ्नो पुर्वनिर्धारित तालिम, सैनिक अभ्यास तथा स्वास्थ्य शिविरलगायतका नियमित कार्यहरुमा केन्द्रित भएको हुँदा त्यस्ता समाचारहरुबाट भ्रममा नपर्न नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आग्रह गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू