अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५८ | Colorodo: 22:13

पृथ्वीको वायुमण्डलमा विशाल उल्का बिस्फोट

बिआरटीनेपाल २०७५ चैत ७ गते ९:४५ मा प्रकाशित

पृथ्वीको वायुमण्डलमा ठूलो उल्का बिस्फोटट भएको वैज्ञानिकहरुले बताएका छन् । नासाका अनुसार गत १८ डिसेम्बरको मध्यह्नमा भएको विष्फोटबाट १ सय ७३ किलोटन ऊर्जा उत्पन्न भएको थियो ।
३२ किलोमिटर प्रतिसेकेण्डको वेगमा वायुमण्डलमा प्रवेश गरेको पिण्ड पृथ्वीको सतहभन्दा २५.६ किलोमिटर माथि बिस्फोट भएको थियो ।

३० वर्षको अवधिमा भएको यो दोस्रो ठूलो विष्फोट हो । ६ वर्षअघि रुसको वायुमण्डलमाथि योभन्दा कयौं गुणा शक्तिशाली विष्फोट भएको थियो । बिस्फोट जापानको हिरोसिमामा अमेरिकाले खसालेको अणु बमभन्दा १० गुणा शक्तिशाली थियो । यद्यपि बेरिङ सागरमाथि विष्फोट भएकाले त्यसको ऊर्जाले धेरै क्षति भएन ।

डिसेम्बर महिनामा भएको विष्फोटबाट उत्पन्न ऊर्जा रुसमा भएको बिस्फोट भन्दा ६० प्रतिशत कम हो । त्यसैले यसको धेरै चर्चा नभएको वैज्ञानिकहरु बताउँछन् । वैज्ञानिकका अनुसार यस्ता ठूला बिस्फोट एक वर्षको अवधिमा दुई वा तीन पटक मात्र हुने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू