अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०० | Colorodo: 04:15

माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाको प्रारम्भिक सेयर बिक्री आजदेखि सुरु

बिआरटीनेपाल २०७५ चैत ७ गते ९:२१ मा प्रकाशित

नेपालको पानी, जनताको लगानी, हरेक नेपाली जलविद्युत्को सेयरधनी’ भन्ने नाराका साथ माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाको प्रारम्भिक सेयर बिक्री आजदेखि सुरु भएको छ । नेपाली जनताको लगानीमा नै केही ठूला जलविद्युत् आयोजना निर्माण गर्ने र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने लक्ष्यका साथ सरकारले यो कार्यक्रम सुरु गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले १० हजार कित्ता र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले एक हजार कित्ताका लागि आवेदन दिएपछि सेयर बिक्री सुरु भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले १९ ओटा आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेको छ । ती आयोजनाबाट तीन हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

कार्यक्रमको पहिलो आयोजनाका रूपमा त्रिशूली गंगा जलविद्युत् कम्पनीले निर्माण गरिरहेको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजना छनोट गरिएको हो । कम्पनीको सेयरमा छिटोमा यही चैत ११ गतेसम्म र ढिलोमा आगामी वैशाख ६ गतेसम्म आवेदन दिन सकिने छ । सरकारले गत फागुन २ गते जनताको जलविद्युत् कार्यक्रम घोषणा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू