अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१६ | Colorodo: 02:31

कुलमान घिसिङ अमेरिकामा ‘लोडसेडिङ ९ महिना भित्र ९ अर्ब घाटाबाट डेढ अर्ब नाफा’

विजय थापा २०७५ चैत ६ गते ११:०७ मा प्रकाशित

अमेरिकाको भ्रमणमा रहनु भएका नेपाल बिधुत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई अमेरिकाको वासिङ्टन डिसीमा नेपाली समुदायले स्वागत गरेका छन् । अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापित तामाङ सोसाइटी अफ ग्रेटर वाशिंगटनले आयोजना गरेको कार्यक्रममा घिसिङलाई स्वागत गरिएको हो ।

घिसिङलाई आयोजक तथा सहभागीहरूले खादा तथा मायाको चिन्ह प्रदान गर्दै सम्मान गरेका थिए । कार्यक्रमको सुरुवात परिचयबाट गरिएको थियो भने घिसिङले आफू पेसाले अभियन्ता भएको र प्राधिकरण कै कर्मचारी रहेको भनी छोटो परिचय दिएका थिए । घिसिङले सन् २०१० मा डिसी आएको भन्दै यस पटक आफ्नो दोस्रो भ्रमण रहेको बताएका थिए । उनी विश्व बैङ्कमा भाग लिन एको बताए । उनले विगतमा अमेरिका विभिन्न राज्यबाट निम्तो आउने तर आफू समय अभावको कारणले भ्याईउदिन थिए भने ।

उनलाई सहभागीहरूले ईमान्दारिता, कार्यकुशलता तथा निष्ठाको कारण सबै नेपालीहरूले गौरवको महसुस गरेका छन् र यस्तै रही रहोस् भनी शुभकामना दिएका थिए । नेपाललाई उज्यालो बनाई दिनु भएकोमा धन्यवाद दिएका थिए । कार्यक्रम सञ्चालन समाजका अध्यक्ष उत्तर लामाले गरेका थिए ।

अध्यक्ष लामाले सबैलाई स्वागत गर्दै घिसिङलाई सबैका गौरव भन्दै यसलाई कायम राख्न अनुरोध गरे । हामी सबैको शिर ठाडो भएको छ भन्दै शुभकामना दिएका थिए । घिसिङले आफ्ना कुराहरू हिस्सा गर्न दिनु भएकोमा सबैलाई धन्यवाद दिए । आफूले दायित्व निर्वाह मात्र गरेको हु । यसले आफूले धेरै हौसला पाएको बताए । जहा पनि विदेश भ्रमणमा जाँदा कुनै स्थानमा बस्दा आफै तपाईँ कुलमान घिसिङ हैन भनी परिचय माग्न आउँदा खुसी लाग्ने बताए ।

आफू नेपाल बिधुतिय प्राधिकरणको प्रबन्ध निर्देशक हुँदा आफ्नो पालामा परिणाम देखियो भने । म भन्दा अगाडी पनि काम नभएको भने हैन तर मेरो पालामा परिणाम आएको हो भने । उनले अगाडी भने कुलमान घिसिङले एक्लै गरेको हैन भने । सबैको सहयोगले यस्तो परिणाम आएको बताए ।

आफू २४ औ घण्टा लागेको र आफ्नै काम भनी लाग्ने गरेको बताए । काममा आफ्नो स्वामित्व हुनु पर्छ अनि मात्र काम बन्ने बताए । घिसिङले अगाडी भने तपाईँ जहाँ जे गर्नु हुन्छ त्यो स्थानको लागि फाइदा हुनु पर्छ भने । उनले एकले अर्कालाई विश्वास गर्ने अवस्था थिएन । सबै भन्दा महत्त्वपूर्ण कुरा विश्वास गर्नु पर्छ भने । घिसिङले नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक सँग कसैको विश्वास थिएन भने । सही ठाउँमा सही मान्छे भन्दा सबै ठाउँमा सही मान्छे हुनु पर्छ भने । उनले लोड सेडिंग (अन्धकारमय बाट उज्यालोमय ) कसरी अन्त्य भएको बारेमा २-४ वटा कुरा गरे । उनले घाटामा गएको प्राधिकरण अहिले नाफामा आएको बताए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू