अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१३ | Colorodo: 07:28

जनकपुरका मेयर महामुर्ख घोषित

बिआरटीनेपाल २०७५ चैत ६ गते १०:०३ मा प्रकाशित

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह महामुर्ख घोषित हुनुभएको छ । मेयर साहलाई बुधबार मिथिला नाट्यकला परिषद(मिनाप) ले आयोजना गरेको महामूर्ख सम्मेलनमा एक कार्यक्रमकाबीच महामूर्ख घोषित गरिएको हो । फागुको अवसरमा विशिष्ट व्यक्तिहरुलाई ‘मिनाप’ले हरेक वर्ष महामुर्खको उपाधि दिँदै आएको छ । मिनापले राजनीतिज्ञ, समाज सेवी, व्यवसायीलगायतका व्यक्तित्वलाई पटमुर्ख, हराशंख, बज्रकीटजस्ता मानपदवी दिएर सम्मानित गरेको छ ।

होलीको अवसरमा व्यङ्ग्य र ठठ्यौली रुपमा जनकपुरधाममा हरेक वर्ष महामूर्ख सम्मेलनको आयोजना हुने गरेको छ । वास्तविक जीवनमा कोहिपनि आफूलाई महामूर्ख कहलाउन चाहँदैन् । तर, होलीको अवसरमा दिइने ‘महामूर्ख’ को उपाधि पाउन जनकपुरधाममा तछाडमछाड हुने गरेको छ ।

२०६१ सालदेखि मिथिला नाट्यकला परिषदले महामूर्ख सम्मेलनको आयोजनालाई निरन्तरता दिँदै आइरहेको छ । पहिलो महामूर्खको उपाधि पाउने मैथिली कवि नरेश ठाकुरलाई प्रदान गरिएको थियो । २०६२ मा तत्कालीन एमाले नेता शीतल झा, २०६३ मा जनकपुर नगरपालिकाका तत्कालीन मेयर हरिबहादुर बिसी, २०६४ मा तत्कालीन सदभावना पार्टीका नेता ओमकुमार झा, २०६५ मा वरिष्ठ साहित्यकार डा.राजेन्द्र विमल, २०६६ मा पूर्वमन्त्री एवं नेकपाका नेता रामचन्द्र झाले महामूर्खको उपाधि पाउनुभएको थियो ।

यसैगरी २०६७ मा राजनीतिक विश्लेषक सिके लाल, २०६८ मा साहित्यकार रामभरोस कापडि, २०६९ मा नेपाली कांग्रेस प्रदेश नम्बर २ का संसदीय दलका नेता तथा तत्कालीन जिल्ला सभापति रामसरोज यादव, २०७० मा तत्कालीन तमलोपाका पूर्वसांसद डा.विजयकुमार सिंह, २०७१ मा तत्कालीन एमाले नेता शत्रुधन महतो र २०७२ मा समाजसेवी पवन सिंहानीयाले महामुर्खको उपाधि पाउनुभएको थियो । २०७३ मा भने मधेश आन्दोलनले प्रभावले कार्यक्रम हुन सकेको थिएन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू