अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५० | Colorodo: 13:05

कास्कीको घान्द्रुकमा घोडा दौड प्रतियोगिता सम्पन्न

बिआरटीनेपाल २०७५ चैत ६ गते ९:५९ मा प्रकाशित

फागु पूर्णिमाको अवसरमा कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा दोस्रो घोडा दौड प्रतियोगिता सम्पन्न भएको छ । घान्द्रुक घोडा खच्चड व्यवस्थापन तथा कल्याणकारी समितिले आयोजना गरेको प्रतियोगितामा मत्क्युँदेखि खोलोब्रोंसम्म ५.२ किलोमिटर घोडा दौडमा २३ जना प्रतियोगी सहभाी रहेका थिए ।

सम्पन्न प्रतियोगितामा घान्द्रुकका विश्व गुरुङदे प्रथम स्थान पुरा गरेका छन् । उनीभन्दा एक सेकेन्डले मात्रै पछि परेका दीपेन्द्र विक दोस्रो बन्न सफल भए । रामकाजी गुरुङ ले तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन् । उनीहरुले पुरस्कार स्वरुप क्रमशः ५० हजार, ३० हजार र १० हजार रुपैयाँ प्राप्त गरका छन् । प्रतियोगितामा बिजेन गुरुङ, इमान गुरुङ, भुमे पुन, जगनकाजी गुरुङ, अञ्चल गुरुङ, नजरमान गुरुङ र राजकुमार गुरुङ उत्कृष्ट दसमा पर्न सफल भए । उनीहरुले सान्त्वना पुरस्कारबापत् १÷१ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू