अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:११ | Colorodo: 03:26

संघीयता र गणतन्त्रका सम्बन्धमा पनि जनमत संग्रह गर्न सकिन्छ – शशांक कोईराला

बिआरटीनेपाल २०७५ चैत ६ गते ९:५७ मा प्रकाशित

धर्मनिरपेक्षताबारे जनमतसंग्रह गर्नुपर्ने विचार राख्दै आउनुभएका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संघीयता र गणतन्त्रका सम्बन्धमा पनि जनमतसंग्रह गर्न सकिने बताउनुभएको छ ।

बुधबार टोखास्थित आफ्नै निवासमा होलीको शुभकामना आदान–प्रदान कार्यक्रममा सन्चारकर्मीहरुसित कुराकानी गर्दै कोइरालाले धर्मबारे जनमतसंग्रह गर्ने विकल्प रहेको भन्दै जनमतसंग्रह गर्दा पार्टीले हस्तक्षेप गर्न नहुने उल्लेख गर्नुभयो ।

संघीयता र गणतन्त्रबारे पनि जनमतसंग्रहको माग आयो भने के गर्नुहुन्छ ?’ भन्ने प्रश्नमा महामन्त्री कोइरालाको भनाइ थियो– “कांग्रेस त्यसका लागि पनि तयार छ ।” धर्मनिरपेक्षताको विषयमा शुरुदेखि नै असन्तुष्ट रहँदै आउनुएका कोईरालाले संघीयता र गणतन्त्रको विषयमा पनि जनमत बुझ्नुपर्ने धारणा भने पहिलोपटक सार्वजनिक गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू