अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३८ | Colorodo: 23:53

नेपाल संसारकै खुशी देशको सयौं स्थानमा, फिनल्याण्ड पहिलो नम्वरमा

बिआरटीनेपाल २०७५ चैत ६ गते ९:५२ मा प्रकाशित

नेपाल विश्वका खुसी देशहरुको सुचीमा १०० औं स्थानमा परेको छ । बुधबार सार्वजनिक वल्र्ड हेप्पीनेस रिर्पोट अनुसार १५६ देश मध्ये नेपाल १०० औं स्थानमा परेको हो । अघिल्लो वर्ष नेपाल १०१ स्थानमा थियो । त्यतिबेला ४.८८ अंक पाएको नेपालले यो वर्ष ४.९१ अंक प्राप्त गरेको छ ।

प्रतिवेदन अनुसार विगत बाह्र वर्षमा समुदायमा प्रविधि, सामाजिक मान्यता, द्वन्द्व र सरकारी नीतिहरूले पारेको प्रभावको आधारमा खुशी मापन गरिएको हो । छिमेकी भारत १४० औं स्थानमा छ । दक्षिण एसियाली देशमध्ये पाकिस्तान ६७, भुटान ९५, बंगलादेश १२५, श्रीलंका १३० र अफगानिस्तान १५४ औं स्थानमा छ ।

उत्तरी युरोपी देश फिनल्याण्ड संसारकै सबैभन्दा खुशी हुने देशमा परेको छ । फिनल्याण्डले ७.७६ अंक पाएको छ । फिनल्याण्ड पछिल्लो तीन वर्ष यता लगातार पहिलो स्थानमा पर्दै आएको छ । प्रतिवेदनअनुसार दोस्रो खुशी हुने देशमा डेनमार्क, तेस्रोमा नर्वे, चौथोमा आइसल्याण्ड, पाँचौमा नेदरल्याण्डस्, छैठौंमा स्विटजरल्याण्ड, सातौंमा स्विडेन, आठौंमा न्यूजल्याण्ड, नवौंमा क्यानडा र दशौंमा अस्ट्रेया छ ।

दक्षिण सुडान सबैभन्दा खराब अर्थात १५६ औं स्थानमा छ । यस्तै सेन्ट्रल अफ्रिकन रिपब्लिक, अफगानिस्तान, तान्जानिया, रुवाण्डा, यमन, मालावी, सिरिया, बोट्सवाना र हैटी संसारकै बेखुश देशको सूचीमा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू