अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५० | Colorodo: 11:05

चिनियाँ राष्ट्रपति सी यूरोप भ्रमणमा

बिआरटीनेपाल २०७५ चैत ६ गते ९:४८ मा प्रकाशित

व्यापारका लागि आधारभूत संरचना निर्माण आयोजना वेल्ट एण्ड रोड र विशाल चिनियाँ टेलिकम कम्पनी हुवावेबारे देखिएका अस्पष्टतालाई चीनका राष्ट्रपति सी चिनफिङको बिहीबारदेखि शुरू हुने यूरोप भ्रमणले प्रष्ट पार्ने चिनियाँ अधिकारीले बताएका छन् । सीले आफ्नो भ्रमणलाई इटालीबाट शुरू गरी मोनाकोका लागि पहिलो भ्रमण गर्दै आफ्नो पाँच दिने भ्रमणलाई फ्रान्समा लगेर टुङ्ग्याउने कार्यक्रम रहेको चीनले जनाएको छ । यूरोपियन यूनियनले इयू १०–बुँदे योजना सार्वजनिक गर्दै बेइजिङसँगको सम्बन्धमा थप विश्वासको वातावरण बनाउँदै अघि बढ्ने प्रतिवद्धता आएको एक हप्तापछि हुन लागेकोले यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

इयूले आफ्नो योजनामा चीनलाई उक्त समूहको एक ‘प्रतिस्पर्धी’ का साथसाथै एउटा ठूलो व्यापारिक साझेदार मुलुकका रूपमा अथ्र्याएको छ । तर सीले आफ्नो भ्रमणका क्रममा चीनले इटालीसँग बेल्ट एण्ड रोड कार्यक्रम आरम्भका लागि एक ट्रिलियन डलर बराबरको गैर–बन्धनकारी सहमति गर्ने अपेक्षा गरिएको छ । चीनले जलमार्ग, रेलमार्ग तथा सडकमार्गसम्बन्धि आयोजनाका लागि एशियाली, यूरोपेली तथा अफ्रिकाली मुलुकहरूमा बिआरआई आयोजनामार्फत ठूलो आर्थिक लगानी गरेको छ, तर आलोचकहरूले उक्त कार्यक्रमले मुलतः चिनियाँ कम्पनी तथा फर्मलाई लाभ हुने भन्दै चीनले आर्थिक रूपमा अस्तव्यस्त रहेका मुलुकहरूमा ‘ऋणको बन्धन’ कसिरहेको आरोप लगाइरहेको छ ।

यो महत्वाकांक्षी अभियानमा अन्तराष्ट्रिय मुद्रा कोषले विकशित अर्थतन्त्र भएका मुलुकहरू, जुन जी सेभेन समूहमा पर्छन्, मध्ये इटाली सहभागी हुने कुराले उसका सहयोगी पश्चिमी मुलुकहरू क्यानडा, बेलायत, संयुक्त राज्य अमेरिका, जापान, जर्मनी, फ्रान्स भने आशङ्का व्यक्त गरेका छन् । इयू सदस्य राष्ट्रहरू ग्रीस र पोल्याण्ड पनि ‘नयाँ सिल्क रोड’ आयोजनामा जोडिएका छन् तर इयू समूहका अन्य राष्ट्रहरूले पर्ख र हेरको अवस्थामा रहेका छन् । उक्त आयोजनाका कारण आफ्नो क्षेत्रमा चिनियाँ सरकारको बढ्दो राजनीतिक तथा आर्थिक प्रभाव पर्नसक्ने भय उनीहरूले पालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू