अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४१ | Colorodo: 04:56

कोरियाली युवा–युवतिमा बिवाह मोह घट्यो

बिआरटीनेपाल २०७५ चैत ६ गते ९:४७ मा प्रकाशित

दक्षिण कोरियामा अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा विवाह दरमा कमी आएको तथ्याङ्क सार्वजनिक भएको छ । आर्थिक अस्थिरता लगायतका कारण यहाँका युवायुवतीले विवाहलाई कम प्राथमिकता दिन थालेको समाचारमा उल्लेख छ ।सन् २०१८ मा एक हजार युवायुवतीमा ५ प्रतिशतले विवाह गरेको पाइएको छ । यो तथ्याङ्क अहिलेसम्मकै सबैभन्दा न्यून हो ।

कोरियाको तथ्याङ्क विभागले वैवाहिक सम्बन्धको दर के कति रहन्छ भनेर सन् १९७० देखि तथ्याङ्क सङ्कलन गर्ने गरेको छ । समाचारमा जनाइएअनुसार यो वैवाहिक दर सन् १९७० पछिकै सबैभन्दा कम हो ।

सन् १९८० मा त्यहाँका युवायुवतीमा विवाह दर प्रति एक हजारमा १०–६ प्रतिशत रहेको थियो । उक्त विभागले यो तथ्याङ्क शुरु गरेयताको सबैभन्दा बढी दर हो । यो तथ्याङ्कमा बर्षेनी कमी आउन थालेको हो । सन् १९९० यो दर घटेर मा ९–३, सन् २००० मा ६–५ र सन् २०१० मा ६–५ हँुदै आएको थियो । दक्षिण कोरियाली नागरिकमा पहिलो पटक विवाह गर्ने उमेर दर पुरुषमा ३३–२ वर्ष र महिलामा यो उमेर दर ३०–४ वर्ष छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू