अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२३ | Colorodo: 07:38

फागु पूर्णिमा- होलीको उल्लास शुरु

बिआरटीनेपाल २०७५ चैत ६ गते ९:४४ मा प्रकाशित

फागु पूर्णिमाको अवसरमा मनाइने रंगहरूको पर्व होलीको उल्लास शुरु भएको छ । मुलुकका पहाडी जिल्लाका बासिन्दाले आज बुधबार फागु पर्व मनाइरहेका छन् भने तराईका जिल्लाहरूमा भोलि बिहीबार होली मनाइने छ ।

रंगहरूको पर्वमा नेपाल आएका विदेशी पर्यटक पनि रमाइरहेका छन् । पोखरा, काठमाडौं लगायत मुलुकका विभिन्न पर्यटकीय स्थानमा आइपुगेका पर्यटक स्थानीयसँग रंग खेलेर फागुपर्वको रमाइलो गरिरहेका छन् ।

पोखराको लेकसाईड र अन्य क्षेत्र तथा काठमाडौंका वसन्तपुर दरबार लगायत पर्यटकीय क्षेत्र ठमेलमा विदेशी पर्यटकले फागु पर्व मनाएका छन्। स्थानीय र एकआपसमा रंग दलेर र शुभकामना साटासाट गरेर होली मनाइरहेका छन् । फागु पर्वमा सेतो पहिरन लगाएर रंगीविरंगी रंगहरू एकआपसमा दल्ने र रमाइलो गर्ने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू