अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०८ | Colorodo: 09:23

अमेरिकास्थित नेपाली राजदूतावासमा प्रचण्डको स्वागत

बिआरटीनेपाल २०७५ चैत ६ गते ९:३७ मा प्रकाशित

अमेरिका भ्रमणमा रहनुभएका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकास्थित नेपाली राजदूतावासमा स्वागत गरिएको छ । अध्यक्ष प्रचण्डकी स्वकीय सचिव गंगा दाहालका अनुसार अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनबहादुर कार्कीलगायत कर्मचारीले प्रचण्डलाई राजदूतावासमा स्वागत गरेका थिए ।

उक्त कार्यक्रममा प्रचण्डलाई राजदूतावासका कामबारे राजदूत कार्कीले ब्रिफिङ गरेको गंगा दाहालले जानकारी दिनुभयो । अध्यक्ष प्रचण्ड श्रीमती सीता दाहालको उपचारका लागि अमेरिका भ्रमणमा हुनुहुन्छ । उहाँ सोमबार अमेरिका पुग्नुभएको थियो ।

प्रतिक्रिया