अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३१ | Colorodo: 10:46

चक्रवात इडाईले विध्वंस मच्चायो – संयौंको मृत्यु, २५ लाख प्रभावित

बिआरटीनेपाल २०७५ चैत ६ गते ९:३३ मा प्रकाशित

संयुक्त राष्ट्र संघले समुद्री चक्रवात इडाईले दक्षिण अफ्रिकी मुलुकहरुका लाखौं मानिस प्रभावित भएको जनाएको छ । चक्रवातले सिर्जना गरेको विपत्तिका कारण लाखौं मानिसहरु विस्थापित भएका छन् । राष्ट्र संघको मौसमसम्बन्धी निकायले इडाई चक्रवात पृथ्वीको दक्षिणी गोलार्धमा भएको मैसमसम्बन्धी सबैभन्दा ठूलो विपद् हुनसक्ने जनाएको छ ।

चक्रवातले सबैभन्दा बढी मोजाम्बिक, जिम्बाब्वे र मलावी प्रभावित भएका छन् । मोजाम्बिकका राष्ट्रपति फिलिपे न्युसीले चक्रवातका कारण आफ्नो मुलुकमा मात्र १ हजारभन्दा बढी मानिसको मृत्यु भएको बताउनुभएको छ । चक्रवात प्रभावित मुलुकहरुबाट २५ लाखभन्दा बढी मानिस प्रत्यक्षरुपमा प्रभावित भएको बताइएको छ ।

मोजाम्बिक सरकारले बन्दरगाह सहर बेयरामा मात्र एक लाखलाई तत्कालै उद्धार गर्नुपर्ने आवश्यकता देखिएको जनाएको छ । चक्रवातका कारण बुजी नदी फुटेर ५० किलोमिटर क्षेत्र डुवानमा परेको बताइएको छ । अहिले पनि कयौं मानिस पानीमा डुबेरै उद्धारको प्रतिक्षा गरिरहेको सहायताकर्मीहरुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चक्रवातका कारण ठाउँठाउँमा राजमार्गमा पहिरो जाँदा उद्धारमा समेत समस्या भएको छ । रेडक्रसले प्रभावित क्षेत्रमा हैजा र पानीजन्य प्रकोपहरू फैलन सक्ने चेतावनी दिएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू