अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३४ | Colorodo: 04:49

भियतनामका राजदूतद्वारा राष्ट्रपति भण्डारी समक्ष ओहदाको प्रमाण पत्र पेस

बिआरटीनेपाल २०७५ चैत ५ गते १६:३९ मा प्रकाशित

नेपालका लागि समाजवादी गणतन्त्र भियतनामका महामहिम राजदूत Pham Sanh Chau ले हिजो एक विशेष समारोहका बिच सम्माननीय राष्ट्रपति श्रीमती विद्या देवी भण्डारी समक्ष ओहदाको प्रमाण पत्र पेस गर्नु भयो । 

महामहिम राजदूत Pham Sanh Chau ले आज सम्माननीय प्रधानमन्त्री श्री के.पी.शर्मा ओलीसँग भेट गरी दुई देश बिच आपसी सहयोगका विषयमा छलफल गर्नु भएको छ । छलफलका क्रममा सम्माननीय प्रधानमन्त्रीले आफू भियतनामी नेता होचिमिन्हबाट ज्यादै प्रभावित भएको तथा उहाँका बारेमा धेरै पुस्तकहरू अध्ययन गरेको कुरा बताउनुभयो । दुई देश बिच विविध क्षेत्रमा समानता रहेको तथा विद्यमान सुमधुर सम्बन्धलाई थप उचाइमा पुर्‍याउनु पर्ने कुरा बताउनुभयो ।

साथै महामहिम राजदूतबाट सम्माननीय सभामुख श्री कृष्ण बहादुर महरा तथा माननीय परराष्ट्र मन्त्रीसँग छुट्टा छुट्टै भेट गरी आपसी हित तथा अनुभव आदान प्रदान गरी दुई देश बिचको सम्बन्ध अझ मजबुत बनाउने विषयमा छलफल गर्नु भएको छ ।

भेटघाटका क्रममा महामहिम राजदूतले दुई देश बिच धेरै कुरामा समानता रहेको कुरा बताउनुभयो । भियतनामले छोटो समयमा नै मुलुकको आर्थिक स्थित, व्यापार प्रवर्द्धन, पर्यटन, कृषि, सूचना प्रविधि लगायत विभिन्न क्षेत्रमा सफलता हासिल गरेको कुरा बताउनुभयो । साथै भियतनाम तथा नेपालले प्राप्त गरेका सफलता तथा अनुभवहरू आपसी हितमा प्रयोग गर्न सकिने कुरा बताउनुभयो । साथै भियतनामी जनताहरू बुद्धको जन्मभूमि लुम्बिनी भ्रमणका लागि लालायित रहेको कुरा बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू