अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१४ | Colorodo: 01:29

प्रसिद्ध निबन्धकार शङ्कर लामिछानेको ९२ औ जन्मोत्सव समारोह सम्पन्न

बिआरटीनेपाल २०७५ चैत ५ गते १६:२४ मा प्रकाशित

नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा शङ्कर लामिछाने प्रतिष्ठानले प्रसिद्ध निबन्धकार शङ्कर लामिछानेको ९२ औ जन्मोत्सव समारोहको आज २०७५ चैत ५ गते राजधानीमा सम्पन्न गर्‍यो ।

सो अवसरमा वरिष्ठ साहित्यकार पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई अभिनन्दन, वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारलाई नगद रु. पचासहजारसहित शङ्कर लामिछाने निबन्ध पुरस्कार र युवा निबन्धकार मोमिला जोशीलाई नगद रु. पच्चीसहजारसहित शङ्कर लामिछाने युवा निबन्ध पुरस्कार प्रदान गरियो ।

सोही अवसरमा शङ्कर लामिछानेका कृतिहरू एब्स्ट्रयाक चिन्तन: प्याज (निबन्ध सङ्ग्रह), गौथलीको गुड (कथा सङ्ग्रह), गोधुली संसार (निबन्ध सङ्ग्रह) र विम्ब प्रतिविम्ब (रेखा चित्र सङ्ग्रह) को एउटै कृतिको लोकार्पण भयो । सो कृति बुक हि पब्लिकेसन्सलले प्रकाशित गरेको हो ।

सो अवसरमा अभिनन्दन चन्द, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङगाप्रसाद उप्रेती, सदस्य सचिव प्रा. जगदप्रसाद उपाध्याय, शङ्कर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकाली, पुरस्कृत स्रष्टाहरू घनश्याम राजकर्णिकार र मोमिला जोशी, प्रतिष्ठानका कोषाध्यक्ष पदमावती सिह र सदस्य पुष्पा खनालले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा शङ्कर लामिछानेका श्रीमती रत्ना लामिछाने, छोरा दीप लामिछानेलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू