अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१९ | Colorodo: 11:34

प्रियंका गान्धीलाई मन्दिर प्रवेशमा रोक लगाउन माग

बिआरटीनेपाल २०७५ चैत ५ गते १०:१९ मा प्रकाशित

कांग्रेस महासचिव प्रियंका गान्धीले वाराणसीको विश्वनाथ मन्दीरमा गर्ने भनिएको पूजाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । केही व्यक्तिले प्रियंका गान्धी इसाई धर्मको भन्दै उहाँलाई मन्दिर प्रवेशमा रोक लगाउनुपर्ने माग गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रियंकाको मन्दिर प्रवेशको विषयलाई लिएर प्रशासनलाई चिठी लेखर समेत आपत्ति जनाइएको बताइएको छ । अधिवक्ता कमलेश चन्द्र त्रिपाठीले वाराणसीका जिल्ला अधिकारीमार्फत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई चिठी लेखेर पठाएका छन्। चिठीमा प्रियंकालाई काशी विश्वनाथ मन्दिर जानबाट राक्नको लागि अपिल गरिएको छ ।

गंगा महासभाका राष्ट्रिय महामन्त्री जितेन्द्रानन्दले यदि प्रियंका गान्धीलाई हिन्दु धर्ममा साच्चै आस्था छ भने उनले आफू हिन्दु भएको लिखित शपथ लिनुपर्ने बताएका छन् । मार्च १८ देखि २० सम्म पियंकाले प्रयागराज देखि वाराणसीसम्मको जलमार्गबाट यात्रा गर्ने कार्यत्रम रहेको छ । यस क्रममा उहाँले काशी विश्वनाथ मन्दिरमा पूजा समेत गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू