अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०१ | Colorodo: 19:16

त्रिविलाई विद्यार्थी संगठनको ७२ घण्टे अल्टिमेटम, डिन कार्यालयमा तालाबन्दी

बिआरटीनेपाल २०७५ चैत ५ गते १०:१८ मा प्रकाशित

पोखराको गण्डकी मेडिकल कलेजको विषयमा तत्काल छानविन गर्नुपर्ने भन्दै विभिन्न विद्यार्थी संगठनहरुलेले त्रिविलाई ७२ घण्टे अल्टीमेटमसहित आज डिन कार्यालयमा ताला लगाएका छन् । अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियूकी अध्यक्ष नविना लामाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा ७२ घण्टाभित्र माग सम्बोधन गर्नुपर्ने भन्दै अल्टिमेटम बुझाउँदै तालाबन्दी गरिएको हो ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत पोखरा गण्डकी मेडिकल कलेजमा विद्यार्थीमाथि गरिएको चरम लुट र शोषणका विरुद्ध विद्यार्थीहरुले आन्दोलन गरेको ढेड महिना वितिसक्दा पनि त्रिवि डिन कार्यालयले कुनै पनि चासो नदिएको भन्दै आज विभिन्न विद्यार्थी संगठनले ताला लगाएको विज्ञप्तिमा उल्लेख छ ।

सरकार र त्रिवि चिकित्साशास्त्र शिक्षा अध्ययन संस्थानको शुल्क मापदण्डको अवज्ञा गरी तोकिएको भन्दा लाखौँ रकम बढी लिने कजेल प्रशासनविरुद्ध अहिले सो कलेजका विद्यार्थीहरु आन्दोलनमा रहेका छन् । उक्त कलेजमा हाल पठनपाठन सबै ठप्प रहेको छ भने अस्पताल अस्तव्यस्त अवस्थामा रहेको छ । सो कलेजका विद्यार्थीहरु परीक्षाबाट समेट वञ्चित भएका छन् । त्रिविले प्रशासनसँगको छलफलबाट समस्या समाधान गर्नुको सट्टा उल्टै विद्यार्थीसँग मुद्धामामिला गर्ने र सम्बन्धित कलेज सञ्चालक समेत फरार हुनुले थप जटिलता थपिदै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू