अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२३ | Colorodo: 00:38

धुर्मुस–सुन्तलीद्धारा ‘मातृभूमि कप मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता’ आयोजना

बिआरटीनेपाल २०७५ चैत ५ गते १०:१२ मा प्रकाशित

धुर्मुस–सुन्तली फाउन्डेसनले चैत्र २३ गते काठमाडौंमा ‘मातृभूमि कप मैंत्रीपूर्ण क्रिकेट प्रतियोगिता’ आयोजना गर्ने भएको छ । चर्चित हास्यकलारद्धय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ संस्थापक रहेको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ चैत्र २३ गते उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो ।

फाउन्डेसनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट मैदानमा प्रतियोगिता आयोजना गर्न लागिएको पनि जानकारी गराएको छ । मुलुकको गौरव हुने गरी बनाउन लागिएको सो रंगशालामा थप आर्थिक सहयोग जुटाउने उद्देश्यका काठमाडौंमा क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको फाउन्डेसनले जनाएको छ । करिब तीन अर्ब लागत अनुमान गरिएको सो अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक सहायता आउने क्रम जारी रहेको पनि फाउन्डेसनले जनाएको छ ।

प्रतिक्रिया