अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१७ | Colorodo: 03:32

गण्डकी प्रदेशमा सहकारी नियमावली बन्दै, सुझाव दिन मन्त्रालयको आग्रह

बिआरटीनेपाल २०७५ चैत ५ गते १०:०७ मा प्रकाशित

गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सहकारी नियमावलीको मस्यौदा माथि सुझाव दिन आग्रह गरेको छ । पोखरामा सहकारी नियमावली मस्यौदा सम्वन्धमा सरोकारवालासँग छलफल, अन्तरक्र्रिया तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा मन्त्रालयका उपसचिव बद्रीनाथ अधिकारीले सरोकारवालाहरुले दिएको सुझावलाई नियमावलीमा समावेश गरेको जानकारी दिनुभयो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले सहकारीले उत्पादनको क्षेत्रमा अनिवार्य ३० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो । उहाँले बचत तथा ऋण सहकारी ३० प्रतिशत रहेको उत्पादन मुलक सहकारीले ७० प्रतिशत लगानी गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले सहकारीहरु नीति नियम अनुसार सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सहकारी नियमावलीको मस्यौदा माथि छलफल भएको थियो ।

सहकारी संचालनको लागि नियमावली पूर्ण हनुपर्ने र सहकारी सञ्चालनमा बाधा व्यवधान आउने खालको नियमावली हुन नहुनेमा सहकारी अभियन्ताहरुको सुझाब रहेको थियो । कार्यक्रममा गण्डकी प्रदेशमा रहेका सहकारीका प्रतिनिधी सहकारीका अभियान्ताहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू